काठमाण्डौं।सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको‘यो मुटु भरी ‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ।माया प्रेम र रोमान्समा रहेका युवा युवती विचको प्रेम लाई गीतमा समेटिएको छ।गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन।
माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन । यादव घिमिरेको संगीत तथा नोरवु शेर्पाको एरेन्जमा गीत तयार गरिएको छ । काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ । रोनिस तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा रहेको छ ।
प्रतिक्रिया