युक्रेनको किभ उपनगरमा यातना दिएर हत्या गरिएका १३२ वटा शव फेला

इनेप्लिज २०७८ चैत २७ गते ११:१० मा प्रकाशित

युक्रेनको राजधानी किभ नजिक उपनगर माराकिभमा यातना दिएर हत्या गरिएका १३२ वटा शव फेला परेको युक्रेनी सरकारले जनाएको छ । हत्या गरिएका नागरिकहरू कीभ उपनगरमा रूसी सेनाहरू बाहिर निस्कँदा फेला परेका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा “विशेष सैन्य अभियान” फेब्रुअरी २४ मा सुरु गरे पछि उपनगरमा त्यति शव फेला पारिएको छ । रुसी सेनाले बेलारुस, उत्तर र रुसबाट पूर्वमा आक्रमण गरेका थिए भने अहिले पूर्व युक्रेनबाट आक्रमण जारी रहेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार रूसी सेनाले युक्रेनीहरूबाट “कडा प्रतिरोध” को सामना गर्नुपरेको जनाएका छन् ।

हालैका दिनहरूमा रुसी सेनाहरूले उत्तरी युक्रेनबाट मृत्यु र विनाशको बाटो छोडेर पछि हटेका छन्। कीभको उत्तरपश्चिमी शहर बुचाको सडकमा मरेका नागरिकहरूको तस्बिरहरू देखा परेपछि संयुक्त राज्य अमेरिका ,युरोपेली देशहरूले रुसलाई युद्ध अपराध गरेको आरोप लगाएका छन् ।

र ,त्यसको प्रमाणहरु जुटाई रहेका छन् । यसै बीच बेलायतका प्रधान मन्त्रि बोरिस जोन्सन लगायत थुप्रै बिश्व नेताहरुले युक्रेनको भ्रमण गरि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट गरि सहयोग साथै हौशला दिएका छन् ।

प्रतिक्रिया