गोलमाल’को नयाँ भाग चेलिबेटी बेचबिखनको कथामा, कृष्ण शिवाकोटीको बेजोड अभिनय

इनेप्लिज २०७८ चैत २६ गते १८:२३ मा प्रकाशित


काठमाडौँ।हाँस्यशृखला गोलमालको तेस्रो सिजनको भाग ६ प्रसारणमा आएको छ।चर्चित कलाकारहरु सुशिल पोख्रेल,शिवहरि आचार्य,अंशु थापा ‘हात्ति’,प्रायंक स्टार एलिस राई,लगायतका चर्चित कलाकारहरुले भरिएको शृखलाको अभिनय रहेको छ।

समसामयिक विषयमा व्यग्य प्रस्तुत गरिएको शृखलाको पछिल्लो अंक निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ।

पर्शुराम रिजालको परिकल्पना,लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको पछिल्लो शृखलामा प्रयांकस्टार एलिस राई भिन्न भूमिकामा छन्।त्यस्तै अतिथि कलाकारका रुपमा चचिृत हाँस्यकलाकार कृष्ण शिवाकोटी र आइपी आचार्यको अभिनय रहेको छ।शृखलाको पछिल्लो भागमा चेलिबेटीबेचबिखनको कथालाई देखाइएको छ। हेर्नुहोस् भिडियो

प्रतिक्रिया