मदन बस्नेत, क्यानाडा। नेपाली लगानी र ब्यवस्थापनमा क्यानडाको घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा अलग्गै नाम र पहिचान बनाउन सफल रियल स्टेट ब्रोकरेज कम्पनी ‘एभरेष्ट रियल्टी’ को पाँचौ वार्षिक अवार्ड वितरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ।
अवार्ड बितरण गत गत शनिबार अप्रिल २ मा अन्टारियोको दक्षिण पश्चिमी शहर चाटम–केन्टमा सम्पन्न भएको थियो।
अवार्ड बितरण समारोहमा २०२१ सालभरी उत्कृष्ट कार्य गर्ने एभरेष्ट रियल्टीका रियल्टरहरुलाई बिशेष उपाधी प्रदान गर्नुकासाथै विभिन्न पुरस्कारले सम्मानित गरिएको थियो।
घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका ‘ब्रोकर अफ रेकर्ड’ ले सम्मानित मदन केसी (माईक केसी) ले नेपाली समुदायका सम्मानित ब्यक्तित्व द्रोण रसाइली, चित्र प्रधान, घनश्याम भण्डारी, अमित शर्मा र ज्योति बैद्यलाई “एभरेष्ट अडभाईजरी टिम अवार्ड” ले सम्मानित गर्नु भएको थियो।
एभरेष्ट अवार्ड अन्तर्गत सबैभन्दा महत्त्व र शिर्ष स्थानको अवार्ड र पुरस्कार बितरण समारोहमा सर्बाधिक चासो र कौतुहलको विषय बनेको “एभरेष्ट प्रेसिडेन्ट अवार्ड २०२१” को बिशिष्ठ उपाधी यसपटक रियल्टर निलम रिजालले जित्न सफल भएकी छ्न्।
बर्षमा सातलाख पचासहजार भन्दा माथिको आम्दानी गर्न सफल रियल्टरलाई प्रदान गरिने उक्त अवार्डको बिजेता बनेकी रिजालको नाम घोषणा हुँदा कार्यक्रममा सहभागी सबैले निकै बेरसम्म ताली बजाएर उनलाई सम्मान गरेका थिए। उनलाई पन्ध्र सय नगद पुरस्कार सहित प्रमाणपत्र र पदक प्रदान गरिएको थियो।
त्यसैगरी बर्षमा तीन देखि पाँच लाखसम्मको आम्दानी गर्न सफल हुने रियल्टरलाई प्रदान गरिने “एभरेष्ट गोल्ड अवार्ड २०२१” जस्टिन सिओले हात पारेका छ्न्। उनले पनि पुरस्कार स्वरुप नगद एक हजार सहित पदक र प्रमाणपत्र हात पारे।
आम्दानीको हिसाबले बर्ष भरिमा दुई देखि तीन लाख सम्मको कमाई गर्ने रियल्टरलाई प्रदान गरिने “एभरेष्ट सिल्भर अवार्ड २०२१” पुष्प थापा र लोक दोरंगाले प्राप्त गर्न सफल भए।
रियल्टर गोबिन्द खत्री, सरिता श्रेष्ठ, एरिक गिरी, बलराम काफ्ले र खेमराज खनाल “एभरेष्ट ब्रोन्ज अवार्ड २०२१” द्वारा सम्मानित भएका थिए।
टोरोन्टोको रियल स्टेट मार्केटमा निकै कहलिएका बाबू कँडेलललाई “एभरेष्ट पार्टनर अवार्ड २०२१” ले सम्मानित भएका छ्न्। त्यसैगरी समारोहमा भावना भण्डारीलाई “एभरेष्ट ब्राण्ड एम्ब्यासडर अवार्ड” प्रदान गरिएको थियो भने “एभरेष्ट ईम्प्लोई अफ द एयर अवार्ड २०२१” रन्जित जिसीले प्राप्त गरेका थिए।
“एभरेष्ट वेलकम क्लब २०२१” ले सम्मानित हुनेहरुमा क्रमशः क्याश तिम्सिना, पिताम्बर भट्टराई, दया न्यौपाने त्रिपाठी, हसनपृत सिँह सिधु, तेन्जिन मोनलाम र हेम आचार्य रहेका छन्। “एभरेष्ट नोभाईस क्लब अवार्ड २०२१” को उपाधी राजी हसन, बलजित कौर जुनेजा, पूजा श्रेष्ठ, राजिब भाटिया, जे. बिर्दी, उर्मिला तामाङ, साम ग्रेवाल, अमरदिपसिंह ढिलोन, नोबलसिंह ढिलोनले हात पारेका छ्न्।
“एभरेष्ट ब्राईटर क्लब अवार्ड २०२१” तर्फ राजन तामाङ, गगन माभी, ढाका तिवारी, मनोज बिष्ट, शशी थापा, हर्लिन कौर, हितुपदेस, ईण्डीसिंह जुनेजा, शान्ता रानाभाट पुरस्कृत भएका छ्न्।
“एभरेष्ट ब्रान्च मेनेजर अवार्ड २०२१” को पुरस्कार हर्बक्स सिंह जुनेजाले सुरक्षित गरे भने “एभरेष्ट राईजिङ स्टार क्लब अवार्ड २०२१” को अवार्ड प्रितम त्रिपाठी, आशीर्वाद सुबेदी, राम मरहट्टा, तारा बस्नेत, हुम गैरे, पर्शु श्रेष्ठले प्राप्त गरेका थिए।
कार्यक्रमको मूख्य आकर्षण बनेकी नेपालदेखी आएकी गायिका कला लम्साललाई “एभरेष्ट पर्फमर अवार्ड २०२१” ले सम्मानित गरिएको थियो। कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोग पुर्याउने सम्पूर्ण कलाकार तथा स्वयंसेवकहरुलाई कार्यक्रमको दौरान एभरेष्ट रियल्टीका संस्थापक तथा “ब्रोकर अफ रेकर्ड” मदन खत्री (माईक केसि) र वहाँको धर्मपत्नी रामकुमारी केसीले सम्मानित गर्नुभएको थियो।
पुरस्कार बितरण सहितको औपचारिक कार्यक्रम पश्चात् सांगीतिक र साँस्कृतिक कार्यक्रम सुरु भएको थियो। कार्यक्रम कै लागि भनेर नेपालबाट आएकी चर्चित गायिका कला लम्सालको विशेष साँगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागी सबैलाई छमछ्मी नचाएको थियो। उक्त सास्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले पनि नृत्य तथा गायन प्रस्तुत गरेर सहभागीहरुलाई भरपूर मनोरञ्जन गराएका थिए।
कार्यक्रममा एभरेष्ट कन्भेन्सन सेन्टरका डाईरेक्टर दिवेश रेग्मीले कन्भेन्सन सेन्टरसंग सम्बन्धित विषयमा र हाक्का खजाना रेस्टुरेन्टको तर्फबाट रेस्टुरेन्टका डाईरेक्टर बिन्दु श्रेष्ठले हाक्का खजाना रेस्टुरेन्टको बारेमा प्रकाश पार्नु भएको थियो। त्यसैगरी एभरेष्ट रियल्टीको “आस्था फार्म ल्याण्ड” र त्यो प्रोजेक्टको सम्बन्धमा प्रोजेक्टका आई. टि. कन्सल्टेन्ट तथा प्रोजेक्ट लिड किसन श्रेष्ठले विशेष प्रस्तुति गर्नु भएको थियो।
सन् २०१७ मा नेपालीहरुको लगानी र ब्यबस्थापनमा सञ्चालित पहिलो रियल स्टेट ‘एभरेष्ट ब्रोकरेज कम्पनी’ ले छोटो समयमा हाँसिल गरेको यो उपलब्धिले क्यानडामा घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा नेपालीहरुको अलग्गै पहिचान बनाउन सफल भएकोमा संस्थाका संथापक मदन केसीले खुशी ब्यक्त गर्नुका साथै कम्पनीलाई सफलताको शिखरमा पुर्याउन साथ र सहयोग गर्ने सबै प्रती आभार प्रकट गर्नु भएको थियो।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न दिनरात मेहनत गर्ने स्वयंसेवकहरु, पुरस्कार बितरणको माहोललाई रंगीन बनाईदिने कलाकारहरु, कार्यक्रममा उपस्थिति जनाईदिने सम्पूर्ण अतिथी तथा सहभागीहरु, ब्यबस्थापनमा खटिने कम्पनीका सहयोगीहरु, खाना र खाजाको राम्रो ब्यबस्थापन गरिदिने हाक्का खजानाका साथै कम्पनीलाई त्यो उचाई सम्म पुर्याउन अथक मेहनत गरेका एभरेष्ट रियल्टीका सम्पूर्ण रियल्टरहरुलाई कम्पनीको तर्फबाट कम्पनीका वरिष्ठ ब्यबस्थापक मान पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो।
एभरेष्ट अवार्ड नाईट २०२१ को कार्यक्रम संचालनको जिम्मेवारी एभरेष्ट रियल्टीका बिजनेस डेभलपमेन्टका म्यानेजर दिनेश प्रधान र बिदुर कटवालले सम्हालेका थिए।
एभरेष्ट रियल्टीका ब्यवस्थापक अनिल थापाका अनुसार कम्पनीको सिस्टर कम्पनी एभरेष्ट कन्भेन्सन सेन्टरमा आयोजित उक्त कार्यक्रममा स्थानीय, पाहुनाहरु र कम्पनीमा आवद्ध रियल स्टेट एजेन्टहरु गरी करिव ५ सय जनाको सहभागिता रहेको थियो। कार्यक्रममा खानपानको ब्यबस्था कम्पनी कै अर्को सिस्टर संस्था हाक्का खजानाले गरेको थियो। कार्यक्रममा सहभागी सबैले हाक्का खजानाको खाना र त्यसको मौलिक स्वादको निकै प्रशंसा गरेका थिए।
कार्यक्रमको अन्तमा आयोजित रात्री भोजमा नेपाली उद्यमीद्वारा क्यानाडा मै उत्पादित नेपाली बियर “उत्सब बियर” सर्भ गरिएको थियो। बियर पारखीहरुले “उत्सब बियर” को स्वाद निकै मीठो भएको बताए। उत्सब बियर हाल नेपालीहरुद्वारा संचालित क्यानाडाको सबै हाका खजाना र अन्य रेस्टुरेन्टहरुमा उपलब्ध छ।
जिटिए क्षेत्र टोरोन्टो, मिसिसागा र ब्राम्ट्नबाट कार्यक्रममा सहभागी हुन जानेहरुकालागी आउने – जाने सुबिधाकोलागि छुट्टै यातायातको ब्यबस्था पनि गरिएको थियो। कार्यक्रम सुरु हुनु पूर्व ७४ जना नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा हालसालै खरिद गरिएको ७२ एकड जमिन रहेको ‘एभरेष्ट आस्था फार्म’ को स्थलगत भ्रमण पनि गराईएको थियो।
एभरेष्ट रियल्टीका ब्यबस्थापक अनिल थापाका अनुसार कम्पनीमा हाल विभिन्न समुदायका ४३ जना रियल स्टेट एजेन्टहरु कार्यरत रहेका छन् र आगामी बर्षमा क्यानाडाको थप अन्य शहरहरुमा पनि सेवा बिस्तार गर्ने र हाल प्रदान गर्दै आएको सेवा र सुबिधाको गुणस्तरीयतालाई अझ बढी प्रभावकारी बनाउने कम्पनीको लक्ष्य रहेको छ।
यसको मुख्य कार्यालय मिसिसागा छ भने स्कारब्रो, टोरन्टो र विण्डसरमा शाखाहरु रहेका छ्न् भने अर्को शहर लण्डन र गल्फमा पनि स्याटेलाईट अफिसहरु संचालनमा छ्न् र कम्पनीले ति सबै क्षेत्रका नेपाली र गैर नेपालीहरुलाई घर खरिद, बिक्री र लगानीका क्षेत्रमा आवश्यक सेवा तथा सुबिधा प्रदान गर्दै आएको छ।
– मदन बस्नेत, क्यानाडा।
प्रतिक्रिया