युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन युक्रेन कीभको भ्रमणमा जाने

इनेप्लिज २०७८ चैत २२ गते ११:३१ मा प्रकाशित

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन युक्रेन कीभको भ्रमणमा जाने भएकी छिन । युरोपेली संघका प्रमुख प्रवक्ताका अनुसार युरोपेली संघका शीर्ष कूटनीतिज्ञहरूले यस हप्ता कीभमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्नेछन्।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेन र ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले शनिबार वार्सामा हुने ‘स्ट्यान्ड अप फर युक्रेन’ युक्रेनलाई समर्थन नामक कार्यक्रम अघि जेलेन्स्कीसँग भेट गर्नेछन्,’ प्रवक्ता एरिक मेमरले भने।

गत हप्ता, युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले जेलेन्स्कीलाई भेट्न यात्रा गरेकी थिइन् र उनले युक्रेनी संसदको विशेष सत्रलाई सम्बोधन गरेकी थिइन् ।

उनको भ्रमणलाई युक्रेनी नेताले भब्य स्वागत गरेका थिए ।

यसै गरि गत महिना पोल्याण्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्रीहरूले कीभको भ्रमण गरेका थिए।

प्रतिक्रिया