जेलेन्स्कीले मस्कोलाई नरसंहारको आरोप लगाएपछि पुटिनसँग वार्ता नहुन पनि सक्ने बताए

इनेप्लिज २०७८ चैत २२ गते १०:५४ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि नरसंहारको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताको सम्भावनामाथि शंका व्यक्त गरेका छन् ।

जेलेन्स्कीले मंगलबार युक्रेनको सरकारी दूरदर्शन(टिभी)मा वार्ता नहुन पनि सक्ने बताए ।

जेलेन्स्कीले रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएपछि पुटिनसँग कुरा हुन् नसकिने बताए । उनले अगाडी भने “म तपाईसँग वार्ता गर्न जाँदैछु भन्न सजिलो छ । यो स्पष्ट छ । तपाईले के गर्नुभयो। अर्थात् बुचा शहरमा भएको नरसंहारको बिषयमा उनले आफ्ना कुरा व्यक्त गरे ।

यदि रूसले नरसंहारको “सबै सजाय भोग्ने” हो भने बैठक हुन सक्छ, उनले भने।

र ,यस बैठकमा, हामीले हाम्रो क्षेत्र नगुमाईकन यस अवस्थाबाट बाहिर निस्कने बाटो फेला पार्न सक्छौं। मलाई लाग्छ यो बाधा हो र हामीले यी वार्ताका लागि सम्झौता गर्नु पर्छ। त्यसपछि हामी हेर्ने छौ । वार्ता नहुन पनि हुन सक्छर हुन पनि सक्छ, उनले भने ।

जेलेन्स्कीले सोमबार कीभको उपनगर बुचाको भ्रमण गरे । जहाँ सडकमा छरिएका नागरिकहरुका शवहरू यत्रतत्र छरिएको दृश्यले बिश्वलिई चकित पारेको थियो ।

भ्रमणको क्रममा उनले भने ,रुससँग “वार्ता गर्न धेरै गाह्रो” छ “जव तपाईले यहाँ हेर्नु हुन्छ ,तपाईले के गरेको देख्नु हुन्छ।”

प्रतिक्रिया