मदन बस्नेत,क्यानाडा। सृजनशिल नेपाली समाज क्यानडाको दोश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ।
हिजो अप्रिल २ शनिबारका दिन सम्पन्न सभाले संस्थाका अध्यक्ष निर्दोष प्रसाद शर्मालाई आगामी कार्यकालकोलागी पनि संस्थाको अध्यक्षमा पुनश्च चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष निर्दोष शर्माको टिममा उपाध्यक्ष देबेन्द्र कार्की, महासचिव सुभास कडेल,सचिब नवराज ढुङ्गाना,कोषाध्यक्ष रुसा कार्की,सदस्यहरु नितु कर्ण, अपर्णा आचार्य,चिरञ्जीवी पौडेल,बन्दना दाहाल ढुंगाना,कृष्ण प्रसाद पौडेल,सुशील खतिवडा,राधेश्याम केसी,गोविन्द वाग्ले,डा चन्द्र प्रकाश पौडेल र सुश्मा पोखरेल रहनु भएको छ।
नेपाल र क्यानाडा दुबै देशको राष्ट्रिय गानबाट सुरु भएको साधारण सभामा उपस्थित सम्पूर्ण सहभागी सदस्य र अतिथिहरुलाई संस्थाका निवर्तमान महासचिव चन्द्र पन्थीले स्वागत गर्नुभएको थियो।
संस्थाका संरक्षक शिशिर पाण्डे,नेपाली साहित्य समाजका पूर्व अध्यक्ष रविन थपलिया,एनसिसिएस क्यानाडाका चेयरमेन थमनाथ अधिकारी,नेपाली साहित्य समाज,क्यानाडाका अध्यक्ष खेम गुरागाई लगायतका अतिथिहरुले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
सृजनशिल नेपाली समाजको स्थापनाकालदेखि लामो समयसम्म मूल नेतृत्वमा रहेर संथालाई नाम अनुसार कै सृजनशिल संथाको रुपमा स्थापित गराउन सफल र सक्षम र हाल संथाको संरक्षकको भुमिकामा रहुनु भएका शिशिर पाण्डेले नेपाली कला,साहित्य र सस्कृतीको संरक्षण र सम्बर्द्धन गर्ने र क्यानाडामा बस्ने नेपाली केटाकेटीहरुलाई नेपाली सस्कार र संकृतीको पुस्तान्तनण र हस्तान्तरण गर्नुका साथै नेपाली बालबच्चाहरुलाई नेपाली भाषा,गीत,संगीत, नृत्य लगायतका विभिन्न कला र प्रतिभा सिक्ने सिकाउने र त्यसलाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने र उनीहरुलाई क्यानेडियन मेनस्ट्रिमसंग जोड्ने मूल उदेश्यले संथाको स्थापना गरिएको र संथाले त्यसै अनुरुप सफलतापूर्वक काम गर्दै आएकोमा निवर्तमान कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिनुका साथै नव नियुक्त नयाँ कार्यसमितिका सम्पूर्ण टिमलाई शुभकामना दिनु भएको थियो।
धन्यवाद मन्तब्य कै क्रममा वहाँले निर्बाचन सफलता पुर्वक सम्पन्न गर्नुभएकोमा निर्बाचन आयुक्त बिरेन्द्र लम्साल तथा कार्यक्रममा उपस्थितिकोलागी सम्पुर्ण अथिती एवं सहभागीहरुलाई पनि धन्यबाद ज्ञापन गर्नुभएको थियो।
त्यसै गरि साधारण सभामा नेपाली नयाँ बर्ष २०७९ को अवसरमा संस्थाले यहि आउँदो अप्रिल ८ तारीख शुक्रबारका दिन एउटा सांगीतिक र सास्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी पनि दिईएको थियो।उक्त कार्यक्रम बेलुकी ६ बजे सुरु हुने कार्यक्रमको कार्यक्रम स्थल-9 Dawes Road को Ground Floor रहेको जानकारी दिईएको छ।
प्रतिक्रिया