जेलेन्स्कीले मारिएका छायाचित्र पत्रकार लेभिनलाई मरणोपरान्त पुरस्कार दिने घोषणा

इनेप्लिज २०७८ चैत २० गते ११:३४ मा प्रकाशित

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मारिएका छायाचित्र (फोटो )पत्रकार म्याक्सिम लेभिनलाई मरणोपरान्त पुरस्कार दिने घोषणा गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार युक्रेनी छायाचित्र (फोटो )पत्रकार लेभिनलाई बहादुरीका लागि मरणोपरान्त पदक प्रदान गर्ने आदेश जारी गरे।

आदेशमा यस्तो लेखिएको छ “रुसी आक्रमणको समाचार संकलन गर्ने (कभरेज) क्रममा देखाइएको व्यक्तिगत साहस र नि:स्वार्थ कार्यहरूको लागि, म यो कानून बनाउँछु: लेभिन म्याक्सिम – मरणोपरान्त उपाधि ‘साहसको लागि’ ।”

उनि रोयटर्स र बीबीसी लगायतका प्रमुख पश्चिमी समाचार पत्रपत्रिकाहरूमा काम समेत गर्थे ।

जारी द्वन्द्वलाई कब्जामा लिएका म्याक्सिम (म्याक्स) लेभिनको शव युक्रेनको राजधानीको उत्तरमा अवस्थित व्यासगोरोड जिल्लामा दुईवटा बन्दुकको गोली लागेको अवस्थामा फेला परेको महान्यायाधिवक्ताको कार्यालयले जानकारी गराएको थियो ।

प्रारम्भिक जानकारी अनुसार रुसी सशस्त्र बलका सिपाहीहरूले निहत्था म्याक्सिम लेभिनलाई दुई गोली हानेर मारेको दावी गरेको छ ।

प्रतिक्रिया