रुसी आक्रमण सुरु भएदेखि युक्रेनमा कम्तीमा ५३ ऐतिहासिक तथा धार्मिक स्थलहरू क्षतिग्रस्त : युनेस्को

इनेप्लिज २०७८ चैत १९ गते ०:५० मा प्रकाशित

रुसी आक्रमण सुरु भएदेखि युक्रेनमा कम्तीमा ५३ वटा ऐतिहासिक तथा धार्मिक स्थलहरू क्षतिग्रस्त भएको युनेस्कोले जनाएको छ ।

युनेस्कोका अनुसार रुसी आक्रमण सुरु भएयता युक्रेनका कम्तीमा ५३ ऐतिहासिक तथा धार्मिक स्थलमा क्षति पुगेको छ।

युनेस्कोले आफ्नो भगिनी सँस्था (प्रशिक्षण र अनुसन्धानका लागि संयुक्त राष्ट्र संस्थान) सँगसँगै “भू -उपग्रह चित्र मार्फत मुख्य युक्रेनी स्थलहरू तथा स्मारकहरूको संरक्षणको अवस्थाको निगरानी गर्न एउटा प्रणाली स्थापना गरेको छ,” युनेस्कोका प्रवक्ताले बताए।

“अहिलेसम्म, हामीले कम्तिमा ५३ सांस्कृतिक स्थलहरूमा क्षति प्रमाणित गर्न सक्षम छौं,” प्रवक्ताले भने । जसमा २९ धार्मिक स्थल, १६ ऐतिहासिक भवन, ४ संग्रहालय र ४ स्मारक समेटिएको संस्थाले जनाएको छ ।

खार्किभको उत्तरपूर्वी शहर खार्किभ नेशनल एकेडेमिक ओपेरा(राष्ट्रिय प्रतिष्ठान नाचघर) र ब्याले थिएटर(नाट्यशाला), खार्किभ आर्ट म्युजियम (कला संग्रहालय ) लगायत १८ वटा क्षतिग्रस्त स्थल हरू सबैभन्दा बढी क्षति भएको छ।

मार्चमा रुसी बमबारीबाट ध्वस्त भएको घेराबन्दीमा परेको बन्दरगाह शहर मेरिउपोलको नाट्यशाला (ड्रामा थिएटर) पनि सूचीमा छ। उत्तरी शहर चेर्निहिभमा सेन्ट क्याथरिन गिर्जाघर र सुनको गुम्बज भएको अलंकृत गिर्जाघर पनि क्षतिग्रस्त स्थलहरू मध्ये एक हो।

हालसम्म राजधानी कीभका प्रमुख ऐतिहासिक स्थलहरू धेरै हदसम्म सुरक्षित रहेका छन् ।

युनेस्कोको सूची अनुसार युक्रेनमा रहेका ७ युनेस्को विश्व सम्पदा स्थलहरू मध्ये कुनै पनि शत्रुताबाट क्षति भएको छैन।

थप सुरक्षाको रूपमा युनेस्कोका महानिर्देशक अड्री अजुलेले रुसी विदेश मन्त्री सर्गेई लाभरोभलाई औपचारिक पत्र पठाउदै “विदेश मन्त्रिलाई रूसी संघको दायित्वको सम्झना गराएका छन् ।

साथै युक्रेनी विश्व सम्पदा स्थलहरूको स्थान तथ्यांक उपलब्ध गराएका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया