जेलेन्स्कीले अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्दै रुस विरुद्ध नयाँ प्रतिबन्ध लगाउन आग्रह

इनेप्लिज २०७८ चैत १७ गते ११:१८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्दै रुसमाथि थप प्रतिबन्ध लगाउन अष्ट्रेलियालाई आह्वान गरे।

“हाम्रो देश बीचको दूरी ठूलो छ,” जेलेन्स्कीले भने, “तर हाम्रो युक्रेनी भूमिमा रूसी क्रूरताको दूरी जस्तो कुनै चीज छैन।”

जेलेन्स्कीले रुसलाई रोकिएन भने विश्वव्यापी सुरक्षामा ठूलो असर पर्ने चेतावनी दिए र युक्रेनको पुनर्स्थापनामा लगानी गर्न राष्ट्रहरू र प्रतिष्ठानहरूलाई आह्वान गर्दै युद्ध पछि के हुनेछ भनेर पनि बोलेका थिए।

जेलेन्स्कीले विशेष गरी ब्लक सि (कालो सागर)बन्दरगाह र शहरहरूको विकास र नौसेना क्षेत्रको पुनर्निर्माणको बारेमा कुरा गरे।

उनले सम्बोधन गरे पछि अष्ट्रेलियाले “युक्रेनी सशस्त्र बलहरूलाई रक्षात्मक सैन्य सहायताको थप २५ मिलियन अस्ट्रेलियन डलर ” उपलब्ध गराउने वाचा गरेको छ ।

अस्ट्रेलियाको सरकारी बिज्ञप्ति अनुसार सहयोगमा मानवरहित हवाई र मानवरहित भूमि प्रणाली उपकरण,खानेकुरा र चिकित्सा आपूर्तिहरू दिईने बताईएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जेलेन्स्कीलाई जवाफ दिदै “लोकतन्त्रको सिंह” भनेर संज्ञा दिएका थिए । साथै अस्ट्रेलियाको ऐक्यबद्धता रहने प्रतिबद्धता समेत गरेका थिए भनि सिएनएनले समाचार लेखेको छ

प्रतिक्रिया