काठमाण्डौं ।गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना ‘ गीतको भिडियो हाङ प्रोडक्सन मार्फत सार्वजनिक भएको छ । गीतकार सरिता राईको शब्द रचना रहेको पुर्बेली भाकाको मायालुको सम्झना बोलको गीत बजारमा सार्बजानिक भएको हो ।
पुर्बेली भाकाको मायालुको सम्झना सालैजो भाकामा फ्युजन गरिएको गीतको म्युजीक भिडीयो आम दर्सक ले रुचाउनेमा आफु निकै आशावादी रहेको निर्देशक हाङ चेम्चोङले बताए ।
लोकप्रिय संगीतकार डि.आर अटुको संगीतमा गीत तयार पारिएको छ।ललितपुरको अत्ति मनोरम देउराली डाँडामा दृष्यलाई सुन्दर एवम कलात्मक रुपमा देखाइएको छ।गीतको भिडियोलाई इशाक जबेगुले छायाँङकन तथा सम्पादन गरेका हुन।,नेम बाबु तामाङको कोरियोग्राफि,हाङ चेम्जोङको निर्देशनमा रहेको भिडियोमा लोकप्रिय कलाकारहरु उमेश राई,बिमला खजुमको नृत्य एवम अभिनय रहेको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया