साइनो स्पोर्ट्स क्लव मिल्स गोल्ड फुटबलको फाइनलमा

मनोज दाहाल २०७८ चैत १५ गते २२:१३ मा प्रकाशित

विराटनगर,१५ चैत।मिल्स गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगर बिजयी भै फाइनलमा पुगेको छ।

विराटनगर जुटमिल खेल मैदानमा आज भएको खेलमा गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९–८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको छ।

खेलको निर्धारित समयसम्म गोलरहित बराबरीमा टुङ्गिदा निर्णय सडन डेथबाट भएको थियो।साइनका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।

साइनो क्लव बुधबार हुने अन्तिम सेमिफाइनल प्रतिभा फुटबल क्लब गोलबजार सिराहा र दमक एकेडेमी झापाबीच बिजयी टिमसँगै प्रतिस्पर्धा गर्नेछ।

 

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया