युक्रेनलाई अर्को हप्ता नेटो विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन आमन्त्रित

इनेप्लिज २०७८ चैत १५ गते १९:४६ मा प्रकाशित

युक्रेनलाई अर्को हप्ता नेटो विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन आमन्त्रित गरिएको छ ।

ब्रसेल्समा रहेको सैन्य गठबन्धनको मुख्यालयको एक विज्ञप्ति अनुसार युक्रेन र धेरै गैर-नेटो देशहरूलाई अर्को हप्ता नेटो विदेश मन्त्रीहरूको दुई दिने बैठकमा भाग लिन आमन्त्रित गरिएको छ।

नेटोले भनेको छ “अष्ट्रेलिया, फिनल्याण्ड, जर्जिया, जापान, कोरिया गणतन्त्र, न्यूजिल्याण्ड, स्वीडेन र युक्रेनका विदेश मामिला मन्त्रीहरू, साथै विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि” बैठकको एक सत्रमा भाग लिनेछन्। बैठक अप्रिल ७ मा हुनेछ ।

केही मन्त्रीहरूले भौतिक रुपमा उपस्थिति न भै अङ्कियदृश्य (भिडियो )बाट पनि उपस्थित हुन सक्छन्,” विज्ञप्तिमा भनिएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि ३० नेटो देशका विदेशमन्त्रीहरुको दोस्रो पटक बैठक बस्दैछ । सत्रले गत हप्ताको संकटमा असाधारण शिखर सम्मेलनको लागि नेटो नेताहरूको उच्च-स्तरीय बैठकलाई पछ्याउँछ भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया