काठमाडौं वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ चैत १२ गते १६:०९ मा प्रकाशित

काठमाडौं।वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ।

देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट,गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ।

युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ। बिगत ५ बर्ष देखि नेपाल बाहिर रहेका श्रेष्ठको यस अघिका गीतहरु पनि धेरै रुचाइएको थियो।

प्रतिक्रिया