मिल्स गोल्डकप–गोधुली धरान विजयी

इनेप्लिज २०७८ चैत ११ गते २२:१३ मा प्रकाशित

 

विराटनगर,११ चैत।मिल्स गोल्डकपको दोस्रो संस्करण फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गोधुली फुटबल क्लब धरान विजयी भएको छ।

मिल्स गोल्डकप फुटबल ट्रष्टद्वारा आजदेखि विराटनगरस्थित जुट मिलको खेलमैदानमा सुरू भएको उद्घाटन खेलमा उर्लाबारी एघार मोरङलाई ‘सडन डेथ’ मा ७–६ गोलले हराउँदै धरान सेमिफाइनलमा पुगेको छ।गोलरहित बराबरीपछि समय अभावले खेल टाइब्रेकरमा पुग्यो।टाइब्रेकरमा पनि दुवै टोलीले ५–५ को बराबरी खेलेपछि धरानले सडन डेथबाट विजयी भएको छ।

खेलको म्यान अफ द म्याच धरानको गोल किपर किशोर गिरी भएका छन्। शनिबारको खेल एन्फा एकेडेमी धरान सुनसरी र दमक एकेडेमी झाप बिच प्रतिस्पर्धा हुनेछ।

आगामी चैत १८ गतेसम्म हुने प्रतियोगितामा प्रदेश नं १ र मधेश प्रदेशका गोधुली क्लब धरान,उर्लाबारी एघार मोरङ,गाइघाट एघार उदयपुर,साईनो स्पोर्टस क्बल विराटनगर,एन्फा एकेडेमी धरान,दमक एकेडेमी झापा,एसपीएफ पकली र प्रतिभा फुटबल क्लब गोलबजार,सिराह टीमहरुको सहभागि रहेको संयोजक किशोर सुब्बाले जानकारी दिए।

प्रतियोगितामा प्रथमलाई नगद रु दुई लाख एक हजार,उप बिजेताले रु एक लाख एक हजार र ट्रफी प्राप्त गर्ने छन्।प्रतियोगिताको उद्घाटन एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले गर्नु भएको थियो।

 

प्रतिक्रिया