बाइडेनले पुटिनलाई युद्ध अपराधी भनेपछि रुसले पूर्ण रुपमा अस्विकार्य र अक्षम्य भन्यो

इनेप्लिज २०७८ चैत ३ गते १४:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध अपराधी” भनेको “पूर्ण रूपमा अस्वीकार्य र अक्षम्य छ,” क्रेमलिनका प्रवक्ता डिमेट्री पेस्कोभले बिहीबार पत्रकारहरूलाई भने।

पेस्कोभले भने , बाइडेनसॅग विगतमा अमेरिकी सैन्य कारबाहीका आधारमा त्यस्तो बयान गर्ने अधिकार छैन।

“र सबैभन्दा महत्त्वपूर्ण कुरा, धेरै वर्षसम्म विश्वभर मानिसहरूलाई बम खसाल्ने र पहिले नै पराजित भएको देश [जापान] मा परमाणु बम खसाल्ने राष्ट्र प्रमुखलाई त्यस्तो अधिकार हुन सक्दैन। “पेस्कोभले थपे।

उन्ले हिरोसिमा र नागासाकीमा आक्रमण गर्नेहरुले त्यस्तो भनाई गर्नु नहुने टिप्पणी गरे ।

प्रतिक्रिया