आगामी निर्वाचनमा गठबन्धन हुने सम्भावना छ : प्रवक्ता डा. महत (भिडिओसहित)

इनेप्लिज २०७८ फागुन २७ गते १९:०१ मा प्रकाशित

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चैत्रको अन्तिमसम्ममा निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिईने स्पष्ट पारेका छन् । उनले भने,‘आउने चैत्रको अन्तिमसम्ममा हामी निर्वाचनमा कसरी जाने भन्नेबारे टुँगो लगाउँछौं, कसरी जाने ? कहीँ गठबन्धन गर्ने कि ? एक्लाएक्लै लड्ने कि, वा सबै ठाउँमा गठबन्धन गर्ने कि ? यो विषयमा हामी टुँगो लगाउँछौं । विभिन्न विकल्प छन् । हरेक विकल्पमा चर्चा र छलफल हुन्छ । त्यसको आधारमा निश्कर्ष निकाल्छौं ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले आगामी निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल भैरहेको सुनाए । तर, यसबारेमा ठोस निर्णयमा नपुगिएको उनको भनाई छ ।

उनले भने,‘अबको निर्वाचनमा गठबन्धन हुने सम्भावना छ । तर, कुन स्वरुपमा र कसरी हुन्छ भन्नेबारे निश्कर्ष निस्किएको छैन् ।’ उनले अहिले निर्वाचनमा गठबन्धन हुने वा नहुने भन्नेबारे बोल्नेभन्दापनि कांग्रेसलाई सशक्त बनाउनेगरि काम गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले अहिले नेताहरु घरघरमा पुग्ने सुनाए । उनले नेपालमा कम्युनिष्टहरुको गफको खेती रहेको भन्दै त्यसको चिरफार गर्ने सुनाए ।

प्रतिक्रिया