गीतकार रबि मान सिंह बस्न्यातको ‘ सुन म्याकुरी’ बोलको गीत सार्वजनिक

इनेप्लिज २०७८ फागुन २१ गते १७:१२ मा प्रकाशित

काठमाडौ। गीतकार रबि मान सिंह बस्न्यातको ‘ सुन म्याकुरी’ बोलको गीत सार्वजनिक भएको छ। शनिवार सार्वजनिक भएको उक्त गीतमा पछिल्लो समयका चर्चित मोडल राहुल शाह र आशमा बिश्वकर्माको अभिनय देख्न सकिन्छ।

फरक फरक धारको गीत प्रस्तुत गरेर नेपाली गीत संगीतमा छुट्टै छाप र पहिचान बनाएका बस्न्यातले यस पटक पनि बेजोड शब्द संगीत र श्रव्यदृश्य मार्फत दर्शकको मन जित्नेमा दुइमत छैन। पछिल्लो युवा पुस्ताले निकै रुचाएका दुइ मोडल आशमा र राहुलको अभिनयले गीतलाई थप हेर्न लायक बनाएको छ।

भिडियोमा युवा र युवती बीचको प्रेम दर्शाउन खोजिएको छ। प्रेमीकाको पछि प्रेमी लागेको र प्रेमिकाले मतलव नगरेको जस्तो देख्न सकिन्छ। फुर फुर नगर.. छेपारोले उफ्रेर मोई खाला जस्तो व्यंग्यात्मक ढंगले प्रेमीकालाई फकाईएको छ।

कर्ण राज गिरिको गायन. संगीतकार टिका बम्जनको संगीत, साहस शाक्यको संगीत संयोजन रहेको भिडियोमा पवन सुस्लिङ्गको छायांकन र संपादन रहेको छ भने मनोज बस्नेतको लगानी रहेको छ।

गीतको रेकर्डिङ्ग एसकोसटिक स्टुडियोमा र मिक्स मास्टरिंग प्रकाश मिश्राले गरेका हुन् भिडियोमा निर्देशन | कोरियोग्राफी राहुल शाहको रहेको छ ।

 

प्रतिक्रिया