टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स – हेर्नुहोस् भिडियो

इनेप्लिज २०७८ फागुन २० गते १०:५२ मा प्रकाशित

काठमाण्डौं । गायक एवं संगितकार यम के निरौलाको नयाँ गीत “दोधारे मन किन” सार्वजनिक गरिएको छ।टिका प्रसाई युट्युव च्यानलबाट सार्वजनिक गरिेएको उक्त गीतमा संगितकार स्वयं एम के निरौलाको स्वर रहेको छ भने उनलाई चर्चित गायिका टिका प्रसाईले साथ दिएकी छन।

विशाल निरौलाको संगित संयोजन रहेको उक्त गीत अलंकार स्टुडीयोमा रेकर्ड गरिएको हो।उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेको उक्त गीतमा कलाकार सुधिर श्रेष्ठ र समिक्षा पोख्रेलको दमादर नृत्य एवं अभिनय देख्न सकिन्छ।

प्रेममा जति शंका गरिन्छ त्यतिनै विश्वास पनि गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै तयार गरिएको उक्त गीतलाई सन्तोस राजवहाक ले नृत्य निर्देशन गरेका छन, हेर्नुहोस् उक्त गीत भिडियो

प्रतिक्रिया