नेपाली जनताकै बलबाट नेपालमा राजसंस्था निकट भविष्यमा स्थापना हुन्छ :राजेन्द्र लिङ्देन (भिडिओसहित)

इनेप्लिज २०७८ फागुन १५ गते ११:०० मा प्रकाशित

काठमाडौं, १५ फागुन।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराष्ट नेपालको स्थायित्वको आधार भएकोले आफूहरुले यो एजेण्डा बोकेर हिँडेको बताएका छन्।उनले अहिले राजसंस्था नहुँदा नेपालको जग हल्लिएको टिप्पणी गरे।

उनले नेपाली जनताको बलबाट नै नेपालमा राजसंस्था निकट भविष्यमै स्थापना हुने दाबी गरे।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूहरु आफ्नो एजेण्डामा दृढ रहेको सुनाए।उनले आफू राजसंस्थाको पक्षमा दृढ र चट्टानी अडानमा रहेको सुनाए।उनले कहिलेकाहीँ श्रापपनि बरदानमा परिणत हुने भन्दै कमल थापाको श्रापलाई बरदानमा परिणत हुने विश्वास दिलाए।उनले अहिले पार्टीको उदय र विकास पनि भैरहेको सुनाए।

प्रतिक्रिया