सुदूरपश्चिम विकासको चित्रणनामक पुस्तकको मुख्यमन्त्रीद्धारा बिमोचन

वीरेन्द्र रावल २०७८ फागुन ८ गते १५:०५ मा प्रकाशित

 

वीरेन्द्र रावल,धनगढी-फागुन ८÷सामाजिक व्यक्तित्व नयन बहादुर खड्काद्धारा लिखित सुदूरपश्चिम विकासको चित्रण नामक पुस्तकको एक समारोहका बिच शनिवार धनगढीमा बिमोचन गरिएको छ।

सुदूरपश्चिमको प्रसंग,उपयुक्तता,उद्देश्य र समाविष्ट क्षेत्रहरुको संक्षिप्त परिचय सहितको पुस्तकको एक समारोहका बिच सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भटट्ले बिमोचन गर्नु भएको हो।

बिमोचन समारोहमा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भटट्ले सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण हुँदा हुँदै पनि यसक्षेत्रको समग्र स्रोतको पहिचान,विकास र प्रवर्धनका लागि प्रयाप्त कार्य हुन नसकेको भएपनि आफ्नो कार्यकालमा केहि सुधारका कायमहरु भएका बताउनु भएको छ।

पर्यटन,जलस्रोतमा देशका अन्य भागहरु भन्दा सुदूरपश्चिम अगाडी भएको उल्लेख गर्दै मुख्यमन्त्री भटट्ले भन्नु भयो—अव सबैले समुन्नत सुदूरपश्चिमका लागि आ—आफनो क्षेत्रबाट पहल गर्नु पर्ने छ।उहाँले प्रशासनिक क्षेत्रमा परिवर्तन नभएका कारण पनि केन्द्र,प्रदेश र स्थानीय निकायको विकास निर्माणले एकरुपता र गति लिन नसकेको बताउनु भयो।

४६५ पेजको पुस्तक विमोचनको अवसरमा उहाँले भन्नु भयो— नयनबहादुर खड्काद्धारा लिखित पुस्तकले समग्र सुदूरपश्चिमको चित्रण गरेको छ।

सो अवसरमा बोल्नु हुँदै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले पुस्तकले सुदूरपश्चिमको समग्र आर्थिक,राजनैतिक, भौगोलिक र पर्यटकीय क्षेत्रका सम्भावना र चुनौतिलाई समेत चित्रण गरेको बताउनु भयो।

सो अवसरमा पूर्व राजदुत बलबहादुर कुँवर,प्रदेश सभाका सदस्य देवराज पाठक,समाजसेवी ध्वज बहादुर कुँवर लगायतकाले पुस्तकको बारेमा बोल्नु भएको थियो भने कार्यक्रममा पुस्तकमाथी पत्रकार मनमोन स्वाँरले टिप्पणी गर्नु भएको थियो।

पुस्तकका लेखक नयनबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वीरेन्द्र बहादुर रावलले गर्नुभएको थियो भने स्वागत मन्तव्य कृष्णराज जोशीले गर्नु भएको थियो।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया