विराटनगर,७ फागुन।राष्ट्रिय प्रजातन्त्र दिवस –२०७८ को उपलक्ष्यमा आज साँझ यहाँ घर घर तथा सार्वजनिक स्थानमा दिवावली गरियो।
प्रजातन्त्र दिवस मूल समारोह समिति मोरङद्वारा जिल्ला प्रशासन कार्यालय आगाडि आज साँझ सहायक प्रमुख जिल्ला अधिकारी शरतकुमार पोखरेल,जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसी लगायत कर्मचारी लगायत प्रहरीहरुले भव्य रुपमा दिपावली कार्य गरिएको छ।
नगरका विभिन्न सरकारी कार्यालय,व्यापारीक प्रतिष्ठान एवं सर्वसाधारण नागरिक घर घरमा दिपावली गरिएको छ।
यस्तै दिवसको उपलक्ष्यमा फागुन ८ गते नेपाल रेडक्रस सोसाइटी मोरङ र कोशी अस्पतालको संयुक्त संयोजनामा अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम हुने भएको छ।
प्रतिक्रिया