फक्रदै गरेको गुलाबको फूलको हत्या गरेर
तिम्रो ओठमा फिस्स मुस्कान ल्याउन नसके पनि
माया गर्ने बाहानामा तिम्रा विश्वासका छालहरुमा
झुठा बाचा भिजाउन नसके पनि
क्षणीक स्पर्शको लालचामा
तिम्रो सर्वस्व हरण गर्ने आट नगरे पनि
हरपल हरघडी प्रभात मध्यन्ह गोधुली सन्ध्या या
निस्पट्ट अधेरी रातमा सधै सधै म संगै हुनेछौ छाया बनेर माया बनेर
मेरो छातीको देब्रे पाटाका हरेक पानामा
र हृदयको अन्तर कुन्तरमा सधै सजिएकै हुनेछौ छरपस्ट नभई
होईन भने मेरो आखामा हेर यो छातीमा छाम ढुकढुकी सुन
आफैलाई पाउनेछौ
-अर्जुन थापा
प्रतिक्रिया