अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनलाइन साहित्यक कार्यक्रम ‘शब्दसारथि’मा आइतवार ‘क्वारेन्टाइन’ उपन्यासको चर्चा गरिएको छ।अनेसासका पूर्व अध्यक्ष समेत रहेका पदम विश्वकर्मा द्वारा लिखित् उक्त उपन्यासका बारेमा नेपाल र अमेरिकामा रहेका विभिन्न साहित्यकार र समालोचकहरूले आ-आफ्नो मन्तव्य राखेका छन्।
कोरोना कहरका विषयमा अमेरिकी जनजीवनमा परेको प्रभावमा आधारित उक्त उपन्यासका बारेमा राजकुमार बानिया,महेश पौड्याल,डा.ऋृषि बास्ताकोटी, राजेन्द्रप्रसाद अर्याल,विश्वराज अधिकारी,भवानी खतिवडा,खेमराज पोखरेल,डा. रेणुका सोलुले समालोचकीय विचार राखे।
उपन्यासकार विश्वकर्माद्वारा लेखकीय मन्तव्य राखिएको कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्री,संस्थापक अध्यक्ष होमनाथ सुवेदी,बोर्ड अफ ट्रस्टी सल्लाहकार रोहिणी शर्मा,अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला,बोर्ड अफ ट्रस्टी सदस्य तीर्थराज अधिकारी,अनेसास केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले,कोषाध्यक्ष कृष्णकुमार गिरीलगायतले शुभकामना व्यक्त गरे।
‘शब्दसारथि’को १२औँ शृङ्खला स्वरूप प्रस्तुत भएको उक्त कार्यक्रम अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा सम्पन्न भएको हो।
https://www.facebook.com/enepalese/videos/1012269946028629
प्रतिक्रिया