रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल आगामी ४ बर्षको लागि कार्यकाल थप गरिएको छ । हालै नेपाल सरकारको निर्णय अनुसार उहाको कार्यकाल थप गरिएको हो ।
लामो समय देखि रोमानियामा बस्दै आउनु भएका पोखरेल सम्भवत रोमानिया बसोबास गर्ने पहिलो नेपाली हुनु हुन्छ । साथै गैर आवासीय नेपाली संघ रोमानिया शाखाका पोखरेल संस्थापक अध्यक्ष पनि हुनु हुन्छ ।
नेपाल झापा चन्द्रगढी घर भै नेपाल टेलीभिजनमा समेत संचारकर्मिको भूमिका निर्वाह गर्नु हुने पोखरेल एक चिर परिचित सामाजिक अभियन्ता पनि हुनु हुन्छ । उहालाई थप कार्यकालको लागि जिम्मेबार दिएकोमा अमेरिकाबाट संचालित अङ्किय पत्रिका ईनेप्लिज परिवार वहाको प्रगति उन्नति र सफलताको कामना गर्दछ ।
रोमानियाका प्रतिष्ठित कर्तव्यनिष्ठ व्यक्तित्वलाई निरन्तरता दिएको रोमानियामा रहेका नेपाली समुदायमा खुसी छाएको छ । रोमानियामा बसोबास गर्ने नेपालीहरुलाई पनि हार्दिक बधाई !
प्रतिक्रिया