सहर्ष स्वीकार गर
मेरा प्रेमका गुलाफी पत्रहरू
सुहाउन्न तिमीलाई अर्धमुदित नयन
पुर्णचन्र्द झै खुल्नु पर्छ प्रेम साट्न
आँखाका दुबैद्वार
भरिनु पर्छ दुबै अञ्जुली,मन र मुटु
निचोरेर आत्माको पुरै सतह
अर्पदै छु पवित्र आँसुले भिजाएको फूल
तिमीले उकेरा लगायौं भने मात्र हुर्कने हो
प्रणयको निशानी
सार्थक हुने हो जीवनको शाश्वत मूल्य
संघारको सम्मुख
रगत सिंचेर
फुलाएको रातो गुलाफले
हर क्षण अंगालो मार्छ
तिमीले जस्तै
आत्मीयता जाहेर गर्छ
अनवरत प्रवाहित गर्छ
हृदयमा प्रेमको झङ्कार
र, मुस्कुराउछ मुदिताको अलौकीक रूप
प्रिय मुदिता !
प्रेम फुलाउन
अलिकति प्रेमको वलिदान गरौं
आत्माको पवित्र आगनमा
फुलाअौं प्रेम उजागर गर्ने गुलाफ
जुन गुलाफले सधैं छुन पाओस् देउताको शिर ।
– ऋषभदेव घिमिरे
गोदावरी,ललितपुर
हाल: क्यालिफोर्निया,
प्रतिक्रिया