काठमाडौं।सत्तारुढ गठबन्धन दलका कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय भेटवार्ता भएको छ।
दाहाल र नेपालले देउवाबीच अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताएका थिए।
उनीहरुले चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने स्पष्ट धारणा राखेका छन्।तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएकाे स्राेतले जनाएकाे छ ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए।तर,माओवादी अध्यक्ष दाहाल त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।
प्रतिक्रिया