प्रेस चौतारी कैलालीको अधिवेशन,पत्रकार रावल सम्मानीत

इनेप्लिज २०७८ माघ २५ गते २३:४९ मा प्रकाशित

धनगढी,माघ २५÷धनगढीमा प्रेस चौतारी नेपाल कैलालीको ७औं जिल्ला सम्मेलन सम्पन्न भएको छ।सम्मेलनबाट भानुभक्त आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

मंगलबार सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट आचार्यको अध्यक्षतामा नयाँ कार्य सर्वसम्मत रूपले चयन गरिएको प्रेस चौतारीले जनाएको छ।

उपाध्यक्षमा निराजन परियार,उपाध्यक्ष(महिला) मिना चौधरी,सचिवमा जनकसिंह विष्ट,सहसचिवमा प्रेम विष्ट र कोषाध्यक्षमा लोकुसिंह ठकुरी चयन भएका छन्।

यस्तै सदस्यहरूमा राम सुनार,अंकित उप्रेती,रोशनी बिक,सागर परियार,अनिला स्वर्णकार,खगेन्द्र अवस्थी र कुलराज चौधरी चयन भएका छन्।सहसचिव समावेशी र पाँच जना कार्य समिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ।

यसैबीच प्रेस चौतारी कैलालीले चार जना पूर्व अध्यक्षलाई संगठन विस्तारमा खेलेको योगदानको कदर गर्दै सम्मान गरेको छ।सम्मानित हुनेमा युग अस्त्र दैनिकका सम्पादक ÷प्रकाशक वीरेन्द्र बहादुर रावल शेरबहादुर बस्नेत,र मातृका तिमिल्सेना रहेका छन्।

उनीहरूलाई दोसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएको हो।प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया