अमेरिकामा मापसेमा फसियो र अपराधिक गतिबिधिमा संलग्न भएमा किन नागरिकताबाट बन्चित हुईन्छ

विजय थापा २०७८ माघ २३ गते १९:३० मा प्रकाशित

कुनै पनि तरीकाले अमेरिका पसेका या आएका जो सुकैले पनि गाडी चलाउदा मादक पदार्थ सेवन (मापसे)बाट टाडा रहनु पर्छ । अमेरिका आए पछि स्थायी रुपमा बस्न चाहनेले झन् यो कुराको गाठो पार्नु पर्छ । कुनै पनि हालतमा मादक पदार्थ सेवन गर्नु हुदैन । मादक पदार्थ सेवन नगर्नु नै आफ्नो भबिश्य उज्ज्वल बनाउनु हो ।

अमेरिकामा मादक पदार्थ सेवन (मापसे ) फसियो र अपराधिक गतिबिधिमा संलग्न भएमा प्राप्त हुन् सक्ने सम्भावना रहेको नागरिकता लिनबाट बन्चित हुईञ्छ । मादक पदार्थ सेवन नै नराम्रो l नेपालमा हामीलाई गोधुली साँझ भयो कि ,चिसो मौसम भयो कि ,बादल मडारियो कि ,आकाशमा गडांग गुडुंग भयो कि सेवन गर्न मन लाग्ने l अमृत भन्दा पनि मिठो स्वाद लाग्ने l

अमेरिकामा हरेक दिन यही मादक पदार्थ सेवन गरि गाडी चलाएको कारण २८ जनाको मृत्यु हुने राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन(एनएचटिएसए)को तथ्यांकले देखाएको छ ।

अमेरिकामा हरेक दिन यही मादक पदार्थ सेवन गरि गाडी चलाएको कारण २८ जनाको मृत्यु हुने

मृत्युको यो तथ्यांक त्यस्तो भयावह अवस्था छ भने हामी सपनाको देश आएका र आर्थिक उन्नति गर्न आएकाको लाई अमेरिका स्थायी बस्न मन पराउछौ । यदि मापसे गरि सवारी साधन कुदाएमा र दशा लागेको दिन दुर्घटना परेमा हाम्रो बन्ने कम पनि नबन्ने हुन्छ । अर्थात् हामीले प्राप्त गरेको स्थायी आवासीय पत्र(ग्रीन कार्ड )बाट नागरिकता हुने बाटो पनि बन्द हुन्छ ।

अवसरको भूमीमा आए पछि कुनै पनि अपराधिक गतिबिधिमा संलग्न हुने भन्ने परिकल्पना पनि गर्नु हुदैन । त्यसले हामीले प्राप्त गरेका सबै कुराहरु भस्म हुन्छन । सपना बुनेर र परिवारको भविष्य निर्माण गर्न अमेरिका पसेकाहरु अपराधिक गतिविधि ,झैँ झगडा ,कुटाकुट र हात हालाहालमा जानी नजानी संलग्न मात्र भएमा हामिले प्राप्त गरेको ख्याती/प्रतिष्ठा (क्रेडिट)एकै छिनमा खत्तम हुन्छ । पद्धतिमा चलेको अमेरिकामा सबैकुराले नराम्रो प्रभाव र हामीलाई असर पार्दछ ।

विशेष गरि अमेरिका आएका नवआगन्तुकहरुले सवारी साधन चलाउदा मापसे कुनै पनि हालतमा कहिले पनि सेवन गर्नु हुदैन । भबिष्यलाई जोखिममा पार्नु हुदैन । हेल चेक्राई कदापी गर्नु हुदैन । ज्यान गएमा कुरै अर्को हुन्छ भने यदी मादक पदार्थ सेवन गरि दुर्घटना भएमा मात्र झन् बिजोग हुन्छ ।

अमेरिकाको फ्रोब्स पत्रिकाले निकालेको तथ्यांक अनुसार २०१०-२०१९ सम्म हरेक बर्ष १० औ हजार मानिसहरुको मृत्यु यही मादक पदार्थ सेवन गरेको हुने जनाएको छ ।

२०१०-२०१९ सम्म हरेक बर्ष १० औ हजार मानिसहरुको मृत्यु यही मादक पदार्थ सेवन गरेको

सन् २०१९ मा सबै भन्दा कम मृत्यु दर १९८२ पछि भएको थियो भने सन् २०१९ मा १०,१४२ जनाको ज्यान गएको थियो । मादक पदार्थ जति खायो त्यति खान मन लाग्ने l मौका मिल्यो कि सेवन गर्न मन लाग्ने l झन् छुट्टिको दिन पर्यो कि सेवन नगरी हुदै नहुने l विश्वलाई यहि मादक पदार्थले जुट र फुट बनाई दिएको पनि छ l यस्को सेवनले परिवारलाई बिच्चली बनाएको छ l

त्यहि आदत भएकोले हामी अमेरिका आएकालाई यसको चस्काले छोड्दैन l अमेरिकामा देखा जाएगा भन्ने सोच्नु हुदैन । दशा लागेमा हामी फन्दामा पर्छौ l अनि न्याउरी मारी पछुतो भने झैँ टाउकोमा हात जीवन भर लगाउनु पर्ने हुन्छ ।

कहिलेकाही अमेरिकाको माटोले मानिसहरुलाई मैमत्ता आफै निम्त्याई दिन्छ l अमेरिकामा टेक्ने बित्तिकै घमण्ड हुन्छ l अमेरिकामा सवारी साधन चलाउदा मात्र हैन यो सेवन गर्ने बानी छ भने जागिरमा ठुलो असर पर्द्छ l

त्यस्तै अपराधिक गतिबिधिको दाग लाग्यो भने पद्धति कालो दाग रही रहन्छ l मानिस उदासिनताको शिकार पनि हुन्छन l अमेरिकामा थुप्रै नेपाली समुदाय सदस्यहरु पनि यसका शिकार भएका छन् । अपराधिक शिकारमा फसेको कारण ज्यान गएको छ र कारागार गएका छन् ।

अपराधिक गतिबिधिको दाग लाग्यो भने पद्धति कालो दाग रही रहन्छ 

अहंकार भएका किशोर/किशोरी किसोर /अटेरी ,घमण्डीको चक्रमा फसेकाले कानुन मिची दिदा प्रहरीको फन्दामा पर्दछन l मापसे गरि सवारी साधन कुदाएको फेला परे हत्कडी लगाइन्छ l

त्यति मात्र हैन ज्यादा गाडी तेजमा कुदाइ रोक्न अटेरी गरे गोली हान्ने अधिकार पनि प्रहरीलाई हुन्छ l मापसे गरि गाडी कुदाए कारागार चलान गरिन्छ l अदालत धाउनु पर्ने हुन्छ l प्रहरीले अपराधिक मुद्दा चलाउद्छ l जसको फलस्वरूप व्यक्ति नागरिकता लिनबाट समेत बन्चित हुन्छन l मापसेमा बारम्बार दोहोरिए स्वदेश फर्काउने चाजो पनि अमेरिकी सरकारले गर्दछ l

मापसेमा परि दुर्घटनामा परेकाहरुको बार्षिक खर्च ४४ अर्ब डलर हुने सिडिसीले जनाएको छ ।

अमेरिकामा आएका र बसोबास गर्ने सबैले कुरामा हेक्का राख्नु अपरिहार्यता हुन्छ l मादक पदार्थ सेवन नगरेर केहि बिग्रिदैन l

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया