बिडारीलाई ऋषि धमलाको प्रश्न : सभामुखमाथि महाभियोगको प्रस्ताव आउने भयो नि, अब कसरी फेस गर्नुहुन्छ ? (भिडिओसहित)

इनेप्लिज २०७८ माघ २१ गते ११:३४ मा प्रकाशित

काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले यो देशमा एमालेले भनेको कुरामा बगेर हिँड्ने हो भने समय बर्बाद हुने बताएका छन् । उनले एमाले देशको ठूलो पार्टी भएको कारण देश दुर्गतिमा परेको टिप्पणी गरेका छन् ।

उनले एमालेलाई जनताको भोट अभिषाप र अपच भएको टिप्पणी गरेका छन् । उनले एमालेको नेतृत्वले चाहेको कुरा अब नेपालमा केही पनि नहुने दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेले भनेको कुरा अब नेपालमा केही पनि लागु नहुने बताए । उनले सभामुख अग्निप्रसाद सापकोटाले के कारणले राजीनामा दिने ? भनेर प्रश्न गरे । एमालेले सक्ने भए सभामुखलाई उहिल्यै नै हटाईसक्नेथियो भन्ने उनको टिप्पणी छ । उनले सभामुखले राम्रो भूमिका खेलेको हुनाले देश प्रतिगमनबाट जोगिएको स्मरण गराए ।

प्रतिक्रिया