इरानले यौन दुराचारको आरोपमा २ समलिङ्गी पुरुषलाई मृत्युदण्ड

इनेप्लिज २०७८ माघ १८ गते १२:१३ मा प्रकाशित

इरानले यौन दुराचारको आरोपमा २ समलिङ्गी पुरुषलाई मृत्युदण्ड दिएको छ ।

इरानले यौन सम्बन्धको आरोपमा दोषी ठहरिएका दुई समलिङ्गी पुरुषहरूलाई मृत्युदण्ड दिएको छ र मृत्युदण्डमा छ वर्ष बिताएका छन्, एक अधिकार समूहले विवरण (रिपोर्ट) गरेको छ।

समलैंगिकता इरानमा गैरकानूनी छ, समलिङ्गी, उभयलिंगी र विपरीतलिंगी (ट्रान्सजेन्डर )मानिसहरूका लागि विश्वको सबैभन्दा दमनकारी राष्ट्र र ठाउँहरू मध्ये एक मानिन्छ। मानव अधिकार कार्यकर्ता समाचार सँस्थाको आइतवारको प्रतिवेदन अनुसार दुई व्यक्तिहरुमा मेहरदाद करिमपुर र फरीद मोहम्मद भएको उल्लेख गरेको छ ।

उनीहरूलाई “दुई पुरुषहरूबीच जबरजस्ती यौनसम्बन्ध” गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो र राजधानी तेहरानबाट करिब ५०० किलोमिटर (३१० माइल) टाढा रहेको उत्तरपश्चिमी सहर मराघेहको कारागार(जेल)मा फासी दिईएको थियो।

गत जुलाईमा, मराघेहमा यस्तै आरोपमा अन्य दुई जनालाई मृत्युदण्ड दिइएको थियो, समूहले भन्यो। गत वर्ष इरानले २९९ जनालाई मृत्युदण्ड दिएको थियो जसमा चार जना बालबालिकाहरुलाई पनि अपराधको दोषी ठहराइएको थियो । सन् २०२१ मा पनि इरानले ८५ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

गत अक्टोबरमा, इरानमा मानव अधिकारका लागि संयुक्त राष्ट्रका स्वतन्त्र अन्वेषक, जावेद रहमानले संयुक्त राष्ट्र महासभाको मानवअधिकार समितिलाई इरानले मृत्युदण्डलाई “डरलाग्दो दरमा” लागू गर्न जारी राखेको बताएका थिए ।

इरानी कानून अन्तर्गत, बलात्कार, व्यभिचार, सशस्त्र डकैती र हत्या मृत्युदण्डको सजाय हुन सक्ने अपराधहरू हुन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

https://twitter.com/KarmelMelamed/status/

प्रतिक्रिया