राम कुमार दुम्जन तामाङको शब्दमा ’ए जुन ’सार्वजनिक

इनेप्लिज २०७८ माघ १७ गते ११:४५ मा प्रकाशित

काठमाण्डौं।गायक पुर्ण सांम्पाङ राईको स्वरमा रहेको ’ए जुन ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

राम कुमार दुम्जन तामाङको शब्द तथा डि आर अटुको संगीतमा रहेको गीतमा प्रेमील जोडीहरुको त्याग लाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

मायामा भएको त्याग र तपश्या लाई समेटिएको गीतकार राम कुमार दुम्जनले बताए । माया मा गरिएको त्यागबाट नै जिवन सफल बन्ने कुरालाई गीतमा समेटिएको छ ।

शिर कुमार साम्पाङको छायाँकन,बसन्त वाम्बुले राईको सम्पादनमा रहेको भिडियोलाई गायक स्यमको अफिसियल युटुवमा देख्न सकिन्छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=d2AYxE1rLHU

प्रतिक्रिया