परदेशीको पीडा बोल्ने ‘तिम्रो याद आयो’ सार्वजनिक ( भिडियो )
इनेप्लिज
२०७८ माघ १३ गते ११:१८ मा प्रकाशित
काठमाडौं – परदेशीको पिडा र मनोभावनालाई प्रस्तुत गरिएको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ।
यस गीतमा अमेरिकामा रहेका गीतकार गोपाल लोहारको शब्द रहेको छ भने सविन सुवेदीको स्वर रहेको छ । दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
परिवारका सदस्य टाढा हुँदाको पिडा र विदेशमा भोग्नु परेको मर्माहतलाई विजय बराल, प्रमिला खनाल र माया पौडेलको लगायतका कलाकारहरुले जिवन्त बनाएका छन् । श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।
काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया