आयो डब्बु र सानुबाबुको तिम्रो याद
काठमाडौं,११ भदौमुलुकमा कोरोना महामारी बढे पनि गीत संगीत रिलिजको क्रम रोकिएको छैन । यसै क्रममा यतीबेला नयाँ गजल ‘तिम्रो याद…’को भिडियो बजारमा आएको छ । गजलमा गायक सानु बाबु महर्जनको स्वर रहेको छ । जसमा संगीत भने अग्रज संगीतकार जुगल डंगोलले दिएका छन् । यो गजलको भिडियो हाईलाईट नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।
ब्राइटर तिम्रो सुर मेरो गीत…का फाईनलिस्ट बनेका महर्जन एक समय गायनमा निकै चर्चामा थिए । आधा दर्जन गीतिसँग्रह ल्याईसकेका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ ।
‘अनायसै तिम्रो याद आईरह्यो रातभर
मनमा नौलो हलचल छाईरह्यो रातभर…’
गजललाई गजलकार डब्बु क्षत्रीले लेखेका हुन् । उनका झरी, गुवाली स्वरहरु जस्ता गजलसँग्रह नै छन् । युगल प्रेमीको अथाह प्रेम भावलाई यो गजलमा समेटिएको गजलकार डब्बु क्षत्रीले बताएका छन् । यो गजलको भिडियो पनि क्षेत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।
डब्बु क्षत्रीले यस अघि झरी सम्बन्धि सबै गजल समेटेर गजल सँग्रह ‘झरी’ बजारमा ल्याएका थिए । जसमा आधा दर्जन गजल थिए । त्यसपछि उनले ल्याएको अर्को गीत तथा गजल सँग्रह ‘गुलावी स्वरहरु’मा पनि केही गजलहरु छन् ।यी वाहेक उनका अर्को फुटकर गजल पनि आयो । गजलबाटै म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड जितेका डब्बु क्षत्री नयाँ गजल ‘तिम्रो याद…’ बाट पनि निकै आशाबादी छन्,‘रोमान्टिक भावको यो गजल सबै उमेर र बर्गका श्रोताहरुलाई मन पर्नेछ । अझ तन्नेरी पुस्तालाई लक्षित गरेर भिडियोमा पनि किशोर किशोरीलाई अभिनय गराएको छु ।’ क्षत्रीले भने ।
यो गजलमा कलाकार निश्चल बिक्रम पौडेल र सृष्टी कडरीयाले अभिनय गरेका छन् । यो गजलको भिडियोलाई मिलन शँकरले खिचेको हुन् । जसमा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘बिपिन’ को रँग सँयोजन रहेको छ । भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको छ ।
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया