परियोजनाले उत्पादन र उत्पादत्व बढेको छ

इनेप्लिज २०७८ माघ ९ गते १४:३० मा प्रकाशित

विराटनगर,९ माघ(रासस):प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ।

स्वदेशी सोच र स्वदेशी पूँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सिर्जना भएको सहभागीहरुले बताएका छन्।

सो परियोजनाको प्रदेश कार्यान्वय इकाई मोरङद्वारा सुनसरीको झुम्का स्थित कृषि व्यावसायिक प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित क दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीहरुले सो धारणा राखेका हुन।

सुपर जोन,जोन,ब्लक तथा पकेट क्षेत्र निर्धारण गरी सञ्चालित यो परियोजनाबाट साना सिँचाइ,बीउबिजन,प्रशोधन,यान्त्रिकीकरणको विस्तार,समूहको गठन, चकलाबन्दी खेतीको विस्तार भएको पाइएको छ।कम लागतमा बढी उत्पादन गर्न परियोजनाले कृषकलाई अनुदान दिने,यान्त्रिकीकरणमा सहयोग गर्ने,खेतखनजोत गर्न पावर टेलर,ट्रयाक्टर जस्ता अन्य उपकरणमा सहयोग र प्राविधिक ज्ञान दिने गर्दछ।

परियोजनाका प्रमुख विनोद मण्डलले यस प्रदेशमा धान सुपर जोन एक, अलैँची जोन पाँच,मकै जोन तीन,आलु जोन,दुई,तरकारी जोन पाँच,सुन्तला जोन पाँच,अदुवा बेसार जोन तीन रहेको प्रष्ट पार्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कुल रु.१२ करोड ८२ लाख ३१ हजार खर्च भएको जानकारी दिनुभयो । उहाँले यस प्रदेशमा कृषिका ५२ वटा ब्लक र पशुका २९ वटा ब्लक रहेको प्रष्ट पार्दै परियोजना कार्यान्वयनमा देखिएका समस्यामा नीतिगत,प्राविधिक र व्यवस्थापकीय सुधार हुनु पर्ने बताउनुभयो।

तेह्रथुम र धनकुटा परियोजना इकाईका प्रमुख बौआलाल चौधरीले चालु आर्थिक वर्ष दोस्रो त्रैमासिक अवधिमा आफ्ना कार्यक्षेत्रमा सुन्तला रु.नौ करोड ८७ लाख ५२ हजार र अलैँची रु.१६ करोड २० लाख मूल्य बराबरको उत्पादन भएको जानकारी दिनुभयो।

परियोजना कार्यान्वयन इकाई संखुवासभाको प्रमुख लक्ष्यबहादुर चौधरीले यस जिल्लामा अलैँची दुई हजार २५० हेक्टर र सुन्तला ९०० हेक्टर लगाइएको जानकारी दिँदै यहाँ समूह २३,सहकारी १० कृषि फर्म १३८ रहेको जानकारी दिनुभयो।उहाँले यहाँ पनि अलैँचीमा सुपर जोनमा जानु पर्ने सुझाव दिनुभयो।

परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीले परियोजनाबाट सामूहिक रुपमा खेती गर्ने परम्परा बढेको जानकारी दिँदै बङ्गुर नश्ल,माछा भुरा,धान बीउ स्रोत केन्द्र संचालन भएको बीउमा आत्म निर्भर भएकोमा खुशी व्यक्त्त गर्नुभयो।उहाँले कोशी क्षेत्रमा खेर गएको बालुवा जग्गामा कागती खेती विस्तार एवं माछा पोखरी निर्माण हुनु परियोजनाको उलब्धि हो भत्रुभयो।

सो अवसरमा परियोजना व्यवस्थापन इकाई खुमलटारका वरिष्ठ कृषि अधिकृत डा जीत चन्दले परियोजनाले नेपाली जनतालाई खाद्यात्रमा आत्मनिर्भर बनाउने र प्रशस्त रोजगारी सिर्जना गर्ने उद्देश्य रहेकाले यसमा सबैले आ–आफ्ना दायित्व पूरा गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया