जाडोको महिना भए पनि आज बिहान रमाइलो घाम लागेको थियो। मेरो अफिस कोठामा छिरेको त्यो घाम रमाइलो मानेर तापिरहेको थिएँ। त्यतिकैमा मेरो फोनमा फेसबुक मेसेन्जरको घन्टी बज्यो। मेसेज गरेका रहेछन मेरो कलेजदेखिको साथी बद्रि ज्ञवालीले।
बद्रि ज्ञवाली उति बेला देखि नै मेरो सुख दुखका साथी हुन्। जिन्दगीका उकाली ओरालीहरुमा हामी संग संगै यात्रा गरेको पनि धेरै बर्ष बिति सकेको छ। नेपाल सरकारका बरिस्ठ कर्मचारी हुन्, बेला बेलामा अमेरिका आई रहन्छन।
ए , मत फेरी साथीको बखानतिर पो लागेछु।
अँ, कुरो थियो मेसेन्जरको। हेरें। एउटा लिंक पठाएका रहेछन, तर त्यो लिंकको बारेमा केहि पनि लेखेनन्। मैले त्यस्ता लिंकहरु सितिमिति खोलेर हेर्दिन, त्यो पनि हेरिन।
त्यसको एक साता पछि उनले फेरी त्यही लिंक पठाए। यस पालि पनि त्यो लिंकको बारेमा केहि भनेनन्। यस पाली पनि मैले सधै झैँ बेवास्ता गरें, लिंक खोलिन।
तेस्रो पटक – एक साता पछि फेरी त्यही लिंक आयो बद्रि बाट। अनि त्यस पछि उनले मेसेज लेखे ‘प्रकाश, त्यो लिंक हेर्नु भो ?” “नाइँ” मैले भने। “एक पटक हेर्नु, अनि पछि कुरा गरौला।” मैले ‘हुन्छ’ भने।
साथीको आग्रह पछि ‘के रहेछ त’ – म मा कौतुहलता आयो। साँझ पख जूम खोलें र हाजिर भएँ। त्यो जूम मीटिंगमा सहभागी देखेर म त चकित-चकित भएँ। करिब १००० जनाको त्यो जमात देखेर जिल्ल परें। ‘यति धेरै मानिस त्यतिकै त निश्चय पनि आएका त होइनन होला। ‘के रहेछ यो जात्रा’ भनेर यसो हेरें, चिनेको कोहि देखिन। तर सबै उमेरका सहभागीहरु देखेर केहि न केहि त अबस्य छ नै भन्ने लाग्यो।
एक जना करिब चालिस टेकेका युवाले योगाभ्यास (साधना) गराई रहेका थिए र हरेक साधनाको फाइदा बताई रहेका थिए।
उनले भन्दै गरेको एउटा कुराले मेरो ध्यान उनीतिर तान्यो। उनि भन्दै थिए, ‘यो अभ्यासले पाइल्स (hemorrhoid) निको हुन् निकै सघाउ पुग्छ।जसको रोग छ, हरेक दिन गर्नु होला, धेरै सहयोग गर्छ।” “हँ? साच्चै?” मैले त्यत्ति पत्ताइन। ‘यो धूर्त बजिया (hemorrhoid) ले मलाई माया गर्न थालेको बर्षौं भै सकेको छ। के होला र खोई?’ मेरो मन मा कुरा खेल्दा खेल्दै त्यो अभ्यासमा पनि सामेल भएँ – करिब तिन मिनेटको अभ्यास पछि मलाई पत्याउन कर लाग्यो।
अन्तत: ति युवाले सबै अभ्यास गराई सके पछि म असिन-पसिन भै सकेको थिएँ। पसिना पखाली सके पछि ‘फ्रेश’ भएँ।
मैले ‘जीवन विज्ञान’ सम्बन्धि सुनेको यो नै पहिलो चोटी थियो।
यो अभ्यास सकी सके पछि जीवन विज्ञान सम्बन्धि अरु जान्ने उत्सुकता बढ्यो। वाशिंटन डी. सी. वरीपरिका साथी भाईहरुलाई फोन हाने र सोधें। ति साथीहरु मध्ये मित्र ददि ढुंगानाजीले छोटो उत्तर दिनु भो ‘हो जीवन विज्ञान’ को लहर छ। तपाई यसमा जोडिनु भए हुन्छ, पछुताउनु पर्दैन।” ददिजीले यति भनि सके पछि म जोडिने निधो गरें।
सब भन्दा पहिले म जोडिए ‘प्रयोगशाला’ मा।
‘प्रयोगशाला’ अर्थात् “Packaged Gym”:
प्रयोगशालाको शाब्दिक अर्थ अंग्रेजीमा Laboratory हुन्छ। यो शब्द कसरि यहाँ आयो भन्ने कुरा मेरो त्यति चासोको बिषय भएन। तै पनि सोचें “जीवन विज्ञान’ले सिकाएका कुराहरु ‘प्राक्टिस’ गर्ने भएकोले नै प्रयोगशाला भए होला भन्ने ठाने।
अहिले जीवन विज्ञानका यी प्रयोगशालाहरु देश विदेशमा फैलिई सकेका छन्, चाहे त्यो अमेरिकामा होस् या अस्ट्रेलिया।
प्रयोगशालामा शरीरलाई चाहिने हरेक किसिमका साधना (ब्यायाम) हरु गराई सके पछि ध्यान (meditation) गराइदो रहेछ। ईमन्दारिताकसाथ भन्नु पर्दा केहि बर्ष देखि मैले यही नै खोजि रहेको थिएँ – ब्यायाम र ‘मेडिटेसन’ । भन्छन नि- मलाई त ‘के खोज्छस कानो आँखा’ जस्तै भयो। जोडीएं प्रयोगशालामा।
मेरो कुरा अलि बढाई चढाई जस्तो लाग्यो ? त्यसो होइन। म अलि छुट्टै स्वभावको मान्छे छु। अझै नढाटि भन्नु पर्दा अलि अल्छी छु। एउटा कुरा पनि सजिलो सित नगर्ने, ‘बिन्दास’, अनि समूहमा भए चाही तम्सिने।
म जस्तो अल्छी मान्छे लाई प्रयोगशालाले यसरी मद्दत गरेको छ, अल्छी हटाउन।
बिहान सबेरै उठ्ने बानीको बिकाश: बिहान अफिस टाइम सुरु नहुन्जेल सम्म चाम्रिएर खाट नछोड्ने बानि परेको म, बिहान योग गर्ने, ध्यान गर्ने गर्न मलाई सारै गारो भएको थियो। अहिले ६ बजे उठ्नै पर्छ। अहिले प्रशिक्षकहरुको प्रत्यक्ष उपस्थितिमा जूम मार्फत गराईने भएकोले करैले भए पनि गरें सुरु सुरुमा, अहिले त बानि नै भै सक्यो, योगा र ध्यान गर्ने। एक दिन पनि छुट्यो भने ‘सन्चै हुनु हुन्छ? हिजो देखिन त हजुर’ सुरु हुन्छ। अनि लाज काज हाजिर हुने पर्यो।
घुडा दुख्ने, कम्मर दुख्ने तथा शरीरलाई चलाएमान बनाउने यो अभ्यासले मलाई बेफाइदा गरेकै छैन- फाइदा नै गरेको छ। हजारौं खर्चेर घरको ‘बेसमेन्ट’ मा राखेको दगुर्ने मेसिन (treadmill) मा कपडा सुकाउने गर्ने गरेको म जस्तोलाई यो प्रयोगशाला निक्कै सहयोगी भएको छ।
ध्यान (Meditation): हामीहरु मध्ये धेरैले यो शब्द सुन्नु भएको होला। तर कतिजनाले यसलाई ‘सिरियसली’ लिनु भाको छ कुन्नि, आफैले जान्नु होला। तर मैले छै यत्ति सम्म सुनेको छु कि ध्यान गर्ने बानिले जीवनलाई जिउन धेरै सजिलो बनाउछ, सुख र शान्ति ल्याउछ साथै सम्वृद्धि पनि। ठुला बढा गुरुजीहरुले पनि ध्यानले चमत्कार नै गर्न सक्ने बताउछन। यो कुरा कसैले पत्ताए पनि नपत्ताए पनि मैले चाही सुरु गरेको छु – ध्यान गर्न।
मैले सोचेको कुरा जीवन विज्ञानमा पाएँ। मेरो भित्रि मनले भन्ने हो भने त यो सबै चाहिने कुरो रहेछ, गर्दैमा केहि बिग्रन्न। सबैले गर्ने पर्ने कुरा रहेछ। अझै सब भन्दा ठुलो कुरा त – यसमा जोडिनलाई पैसा दिनु पनि पर्दैन। अनि ? यो भन्दा खुदो के चाहियो त। कि कसो?
जीवन विज्ञानका अन्य कार्यक्रमहरु:
जीवन विज्ञानका अरु धेरै महत्वपूर्ण कार्यक्रमहरु रहेछन, जस्तो स्वसंबाद, दिब्य सम्बाद, सम्वृद्धि सम्बाद इत्यादी। यो लेख धेरै लामो हुने भएकोले मैले अहिले यत्ति मात्रै लेखें। अरु लेख्दै जाम्ला नि, जाँगर चलेछ भने।
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया