कथा : “हुर्काउन नसकेको छोरो”

दीपक पन्त २०७८ माघ ८ गते २२:१८ मा प्रकाशित

लौ ! तिम्रो छोरो स्याहार , काटिकुटि तिम्रै अनुहार मिल्छ । यत्तिका बर्ष काँ बेपत्ता भा’को ? अर्ध निन्द्रामा रमेशको सिरक तान्दै सानु भन्दै थिई । यत्तिका बर्ष सम्म किन केहि खबर नगरेको ? एक अबलालाई दोजिया बनाएर हिड्ने मान्छे नि असल मान्छे हुन्छन् ? तर म केश गर्दिन । किनकी मैले असल मान्छे भेट्टाईसके । दराई “बा” ।

उठ न उठ राई सर I अब लालन पालन त गरेनौ / गरेनौ I छोरोको नागरिकता पनि बनाइ दिन्नौ ? ऊ झर्किदै पुन: रमेशको नजिक आउँदै थिइ ।

उठेँ उठेँ । अर्ध निन्द्रामा चिच्याउँदै रमेश अत्तालिदै सिरक फ्याल्न पुग्छ ।

अनुहार भरि असिन पसिन भएको थियो ऊ । सिरानीमा राखेको मोबाइल निकाल्दै समय हेर्यो रातको २.००बजेको रहेछ ।

ओ हो ! कस्तो डरलाग्दो सपना देख्न पुगेछु । मनमनै सम्झिन्छ । मुटु जोरले ढक -ढक कापी रहेको थियो। हात / गोडाहरू लगलग कापिरहेका थिए । बाहिर मध्य रातको चकमन्न अध्यारो छाएको थियो । तैपनि छिमेकीको बरण्डामा बालिएको बत्तिको मधुरो प्रकाशले उसको कोठामा केही राहत पुर्याएको थियो ।नराम्रो सपनाले डराएको मन समाल्दै सिरानी सँगैको टेवल माथि राखेको पानीको बोतल तान्यो । सुखेको मुख भित्र चिसो पानीले घुड्की लगायो । पुन :सुत्ने कल्पना सम्म पनि गर्न सकेन रमेशले ।

. “ओ हो ! कस्तो डरलाग्दो सपना देख्न पुगेछु । मनमनै सम्झिन्छ । मुटु जोरले ढक -ढक कापी रहेकोथियो । हात / गोडाहरू लगलग कापिरहेका थिए ।”

रात भर बाहिर बहेको चिसो हावाका झोका सँगै आफ्नो मनलाई बहाही रह्यो । झन्डै १७ बर्ष अघिको सानुसँगको अन्तर सम्बन्ध दिउँसो बिपनामा र राति सपनामा ऊ ठोक्किएको थियो । संयोग नै भन्नु पर्छ । हिजो दिउँसो रमेश सानुको मोमो: पसलमा खाजा खान पुगेको थियो । त्यो पनि उसकोअसाध्य मिल्ने साथि जीवनको साथमा ।

सामान्य सम्बाद सँगै सानुको दाँया चिउँडोमा रहेको कोठी देख्ना साथ पसलकी साहुनी सानु हुन सक्नेअड्कल लगाएको थियो रमेशले । जीवन सँगै खाजा खादै गर्दा साहुनीको छोरो रोहन स्कुलबाट आउनेबित्तिकै नयाँ कम्फ्युटर चाहियो भनि गरेको झगडाले साहुनी र रोहनका बारेमा बुझ्न उसलाई निक्कै सजिलोभएको थियो । त्यसै बखत उसले साहुनीको घर / माइतीको बारेमा सोधेको थियो । छोटो सम्बाद पछिबर्षौ अघि आफुले माया गरेको सानु नै मोमो पसलको साहुनी हुन सक्ने अनुमान लगायो । लामो समयभएको र आफू अर्कै दुनियाँमा पुगिसकेको हुँदा मन भित्र शंका / उपशंकाका धेरै प्रश्नहरू भए पनि खोल्नसकेन रमेशले ।

कुरा त्यस बेलाको हो । जुन बेला रमेश आफ्नो नाम भन्दा नि आफ्नो थर र पेशाले बढी चिनिथ्यो । सँगसाथी , टोल / छिमेक , बिद्यालय जताततै एउटै नाम थियो “ राई सर” ।

ऱाई सर सच्चि नै त्यो समयको पपुलर शिक्षक थिए ।

पूर्वमा जन्मिए पनि उनको कर्म क्षेत्र हिमाल पारीको जिल्ला मनाङ्ग थियो । लम्जुङ्ग जिल्लाको सदरमुकाम बेसीशहर सम्म जेनतेन मोटर बाटोबाट यात्रा तय गरे पनि त्याहाँ भन्दा माथि पैदल यात्राबाटै उनको पोस्टिङ्ग भएको बिद्यालय सम्मको यात्रा तय गर्नु पर्ने हुन्थ्यो । मनाङ्गको सदरमुकाम चामे देखिझन्डै ४ घण्टा तल थियो त्यो गुरुङ गाउँ । त्यहिँ थियो ,सानुको सुन्दर घर । राई सर प्रत्यक पटक घरआउँदा / जाँदा प्राय:जसो सानुको घरमा बास बस्दथे ।

सानु भर्खर १५/१६ बर्षकी चन्चले युवती थिइ । राईसर त्यस्तै २५ बर्षमा उक्लेका थिए । नचाहदा नचाहदै पनि राई सरका आँखा बयस्क सानु माथि परि रहन्थ्यो । शहरबाट फर्कदा कहिले काँही राइसर सानुलाई केही कपडाहरू / मिठाईहरू ल्याउने गर्दथे । बास्तबमा सानुको नाम शोभा गुरुङ्ग थियो । तर गाउँमा सबैले सानु / सानु भन्ने गर्दथे ।

त्यो दिन बिहानै देखी सिमसिमे पानी परिरहेको थियो । कार्यलयको कामले गर्दा राइसरलाई पोखरा जानुपर्ने भयो । बिहान ९ बजेतिर खान खाइवरि तल बेशिशहर तिर झरे । रात भरि परेको लगातार बर्षाले बाटामा पर्ने खहरे खोलाहरुले संसार जितौला झैँ ठुलो आवाजका साथ गड्गडाई रहेका थिए । राइ सर जेनतेन बेशीसहर सम्म पुग्न सके भोली सबेरै पोखराको बस समात्न सक्ने तोडका साथ लम्किरहेका थिए।

”रातमा भएको प्रेमलाप लाई दुबैका आखाँले लज्जा बोध गर्यो । हिड्ने बेलामा उनले भनेका थिए ।

तर समय आफुले चाले अनुसार कहाँ चल्छ र ? बिहान देखि परेको पानीले राइसरले सोचे अनुरुप यात्रा तयगर्न सकेनन् । सदाझैं बाटोमा पर्ने सानुकै घर तिर त्यस रात बास बस्ने निधो गरे ।

“सानु ढोका खोलन” म राइ सर ? झमक्क साँझमा राई सरले आँगनबाट चिच्च्याए ।

पानी नी, कस्तो परेको हो ? लगातार । सानुले ढोका खोल्दै गाँउले आफ्नै लवजले भनि “आम्बुनी साप्पै भिजेछ सार त । हाम्रो बाबा आमा नि फर्कन साक्दैन जस्तो छ आज , पसलको सामान लिन तल बेशी सहरगा’छ ।”

बर्षाको भेल बढ्दै गएको थियो । घर बरपरका खहरे खोलाहरू ठूला ठूला आबाज दिदै हुइकिरहेका थिए। त्यति बेलासम्म रातको १० बजिसकेको थियो । सानु र राइसर ,सानुका

बा -आमालाई कुरिरहेका थिए । त्यति अबेर सम्म नि नआए पछि

उनीहरू तलै खुदी तिरै बास बसेको सहजै अनुमान लगाए । ल सर भोक लाग्यो होला ,खाना खाऊ भन्दै सानुले भान्सा उठाई ।

राइसर सधैँ आउदा / जाँदा सुत्ने बरन्डामा आज परेको मुसलधारे पानीको बाछिटाले चिसो थियो । फेरिझरी लगातार परिरहेकोले राई सरलाई घर भित्रै भान्सा नजिकै ओच्छ्यान लगाई दिई सानुले । अङ्खरामा पानी दिदैं भन्दै थिइ । लु सर, यो पानी राख्नुहोस् । अब म नि माथि सुत्न जान्छु ।

बस् न सानु । एकछिन, गफ गरौँ । तिमी सँग केही कुरा गर्न मन लागेको छ क्या’ । ठट्टेउली पाराले राईसरले मुख मिठाए । सानु के गर्ने ? के नगर्ने ? दोधारमा थिइ । त्यसो त जबानीको रंग सँगै सानुलाई पनिराइसरले हेरेको / बोलेको मिठो लाग्न थालि सकेको थियो ।

म एक / दुइ हप्तामा फर्किनेछु सानु । राम्ररी बस्नु । मन त मैले धेरै समय देखि पराएको थिए । आजमाया नि बस्यो । लभ यु सानु !” सानु लाजले रातोपिरो हुँदै एकोहोरो दलिन तर्फ हेरिरही । “

अकास्मात ठुलो मेघ गर्जदै बिजुली चम्क्यो । सानुको घर थर्रर हल्लियो । “आम्बुइ ! कस्तो घरहल्लाएको ? डर लाग्यो सर “ भन्दै सरको खाट तिर एक्कासी फाल हानी सानु । सानुले ओडेकोपछेउराको सप्कोले सगै बलिरहेको बत्ति निभायो । राइसरले कामी रहेकी सानुलाई अँगालोमा बेर्दै भनेनडराउ सानु ,म छु नि । सानु बिस्तारै बिस्तारै राइसरको अँगालोमा कसिदै गइ । यता मुसलधारे पानीले टिनको छाना मादल बजे जस्तै बज्न थाल्यो । उता सानु राइ सरको अंगालो भित्र बिलिन भइ सकेकी थिइ। अगालोभरीको फूललाई राइसरले बेफिक्र सुगन्ध लिए । मध्य रात पछि आकासको पानी थामिदा,उनीहरु मस्त निद्रामा घुरी सकेका थिए ।

बिहान झिसमिसे मै राइसर बिदा भए । निन्द्रामै सहि सानुले राम्ररी जान अनुरोध गरी । रातमा भएकोप्रेमलाप लाई दुबैका आखाँले लज्जा बोध गर्यो । हिड्ने बेलामा उनले भनेका थिए ।

” म एक / दुइ हप्तामा फर्किनेछु सानु । राम्ररी बस्नु । मन त मैले धेरै समय देखि पराएको थिए । आजमाया नि बस्यो । लभ यु सानु !” सानु लाजले रातोपिरो हुँदै एकोहोरो दलिन तर्फ हेरिरही ।

समयको खेल न हो ।पोखरामा कार्यलयको काम सकाउदै गर्दा राइसरको हातमा कार्यलय सहयोगीले एकजरुरी पत्र थमाए । राइसरले पत्र तुरुन्तै खोलेर हेरे । व्यहोरा उनको सरुवाको थियो । मन अमिलो बनाउदैरमाना लिन साबिक बिद्यालय मनाङ्गको लागि बाटो तताए । बाटा भरि सानुको हँसिलो बिम्म आखाँ भरिल्याए ।

बेसीशहर पुगे पछि त्यहिँ रात घटेको दुखद घटना, उनको कानमा पर्यो । भएछ के भने गत साता देखि नैअविरल परेको पानीले गलेको डाँडा गत रातको पानीले नराम्ररी पहिरो गएछ । यो कालरुपी बनेको पहिरोको मारमा त्यो गुरुङ्ग गाँउ पनि अछुतो रहन सकेनछ । पहिरोमा परि सानुका बा- आमा मारिएछन ।सानुलाई सख्त घाइते अबस्थामा नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी उपचारका लागि काठमांडू लगेछ ।

लगातार तिन महिनाको अस्पतालको बसाइ पछि सानु ठिक त भइछ । तर अभिभावक गुमाएकी सानु माथि झन् ठुलो बज्रपात त्यो खबरले बनायो । जब डाक्टरहरुले तिमी दुइ जिउकी छौ । सानैमा आमा बन्नलागिछौ , आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु भने । अस्पतालमै आफुलाई भेट्न आएका आफन्त /गाउलेहरूसँग घुमाउरो पाराले राइसरको बारेमा उसले नसोधेकी पनि होइन तर राइसरको सरुवाको खबरले ऊ भित्र भित्रै अत्तालिएकी थिई ।

प्रकृतिले दिएको यो बिबत्स धोका सँगै सानुको उजाड बाढी पहिरोले भत्काएको बाटोमा पर्ने उनको घर हेर्दैभक्कानियो राइसर । बिधालयको रमाना पत्रले मुख छोपी आँशु झार्यो । भित्र मन देखि नै सानुको शिघ्र स्वास्थ्य लाभको कामना गर्यो ।

राइसर आफ्नो पोस्टिङ्ग भएको जिल्ला पूर्ब सुनसरी पुगे । यता सानुको पेटमा भएको राइसरको नासोबढ्न थाल्यो । कसलाई भन्ने के भन्ने ? सानुले निर्णय लिन सकिन। एक त् आफ्ना बा -आमा गुमाएको पिडा । अर्को यो अनिच्छित बोझ । सानु हाँस्न / बोल्न छोडी सकेकी थिइ । सानुको अबस्था देखेरअ स्पतालले सानुलाई माइती नेपालको जिम्मा लगायो ।

सानुले माइती नेपालकै आश्रयमा छोरो रोहनलाई जन्म दिएकी थिई । समय बित्दै जाँदा सानु बिस्तारै बिस्तारै आश्रमबाट बाहिर काम गर्न थाली ।

अब रोहन पनि स्कूल जाने उमेर भइ सकेको थियो । सानु दराई “बा” को मोमो: पसलमा काम गरेको नि ३बर्ष पुरा भइ सकेको थियो ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले दराई “बा” को परिवारमा ठूलो बज्रपात परेको थियो ।भुइचालोले उसका श्रीमती र दुइ छोरीहरू लाई परमधाम पुर्याएको थियो । उमेरले भर्खर ५० पुगेको रामप्रसाद दराई लाई सबैले मायालु पाराले दराई “बा” भन्ने गर्थे । जिबिका पार्जनका लागि केही समय देखी उसले काठमान्डौको गौशालामा मोमो: पसल चलाएको थियो । सानु त्यहिँ पसलमा केही बर्ष देखि कामगर्दै आइरहेकी थिइ ।

सानुको काम प्रतिको लगनशीलता अनि आफ्नो एक्लोपनको सहाराको लागि दुइ बर्ष अघि दराई “बा” लेसानु सँग बिहेको प्रस्ताब राखेको थियो । एक्लो अनि पठ्यार लाग्दो जीवन र छोरो रोहनको उन्नतभविष्यका लागि आफ्नै साहुँ बाट आएको प्रस्ताब सानुले सहर्ष स्वीकारेकी थिई ।

नजानिदो पाराले रसाएका उसका आँखा लाई अर्को दिशा तिर फर्कायो । टप्किन खोजेका आँशुकादानालाई बालबाल बचायो ।

समयको खेल नै हो। पूर्व सरुवा भएको दोस्रो बर्षमा नै धरानको ब्रिटिस लाहुरेको छोरी सगँ रमेश वाराइसरको लगन गाँठो कसिएको थियो । बेलायती आइ.डी. भएकी केटी हुनाले बिहेको त्यसै बर्ष उनीहरूसहजै बेलायत गएका थिए । झन्डै १४ बर्ष पछि आफ्नो बा-आमालाई भेट्न रमेश नेपाल आएको थियो ।

आज रमेशको बेलायत फर्कने दिन । झन्डै दुइ महिनाको नेपाल बसाई पछि मनमा द्वबिधा बनाउंदै आफ्नो कर्म क्षेत्र तिर फर्कदै छ । होटल अगाडी लिन आएको ट्याक्सीलाइ गौशाला हुँदै जान अनुरोध गर्यो ।गौशाला पुग्ने बित्तिकै हिजो मोमो: खाएको पसल अगाडी रोक्यो ।

ट्याक्सी भित्रबाट एउटा हाते ब्याग निकाल्यो । सरासर भित्र गयो । दिनको १२ बजेको थियो । शनिवारभएको हुँदा रोहन पनि स्कुल गएको थिएन । आमा संगै उही हिजोकै कुरा ल्याप्टप किनिदिन अनुरोध गरिरहेको थियो । हतार हतार झोलाबाट आफुले ल्याएको डेल कम्पनीको नयाँ ल्यापटप हातमा थमाउँदैभन्यो । लौ लिऊ बाबु ,यो नयाँ ल्याप्टब ! रोहन खिस्स हाँस्यो । रमेशले ल्याप्टप हातमा थमायो । बालसुलभ लाइ जिद्दै निधार सुम्सुमायो र भन्यो । धेरै पढ्नु । राम्रो मान्छे बन्नु ।

लगत्तै नरोकिएको सानुको आखाँ बाट बहेको आँशुको मुल्य जब रोहनले बुज्यो अनि मुर्मुरिदै भन्नथाल्यो ” आइ हेट यू मिस्टर राई , यू नेभर माइ ड्याड ।

नजानिदो पाराले रसाएका उसका आँखा लाई अर्को दिशा तिर फर्कायो । टप्किन खोजेका आँशुकादानालाई बालबाल बचायो । फरक्क फर्कियो । अनि काउण्टरमा बसी रहेकी साहुनीलाई भन्यो “ सानु , लयो ब्याग राख । अहिले म अलि हतारमा छु । जान्छु पनि । सक्छौ भने मलाइ माफ गरिदेऊ ।”

साहुनी अक्क न बक्क परी । खासै चिनजान नभएको र हिजो मात्र उसको एउटा ग्राहकको नाताले बोलेकोव्यक्तिले आफ्नो छोरो रोहन लाइ तेती किम्ति गिफ्ट दिएको साथै उसले गुमाई सकेको नाम “सानु ”लेबोलाएकोमा । बिगत केही बर्ष देखि कि त उसको परिचय साहुनी थियो । कि त शोभा । अकस्मात अपरिचित व्यक्तिबाट आएको “सानु” शब्दले सोच मग्न बनायो । घोत्लिएर यसो केही प्रश्न गर्ने मनशायले नजर घुमाउँदा अपरिचित ट्याक्सी भित्र छिरिसकेको थियो ।

हत्त न पत्त उसले दिएको झोला उघारी साहुनीले । भित्र झन्डै ३ तोला बराबरको तिलहरी थियो । साथमा नगद १२ लाख । सानु दंग हुँदै आश्चर्य मिश्रित अनुहारको रंग बदली । कौतुहलताले असिन पसिन भई । गहिरिएर हेर्दा पैसाको मुठो भित्र एक सेतो पानामा कोरिएको हरफ देखी ।

जसमा लेखिएको थियो ।

प्रिय “सानु”

मलाई माफ गर । जिन्दगीको लामो यात्रा सँगै तय गर्ने कसम खादाँ खाँदै पनि पापी समयले साथ नदिएकोले त्यो बाचा पुरा गर्न सकिन । अझ हाम्रो बगैचाको फूल रोहनको भरण पोषणका लागि तिमी एक्लैले तय गरेको यात्रा देख्दा म निशब्द भएको छु ।

समयले लगाएको दागले गर्दा तिम्रो अगाडी सहि परिचय दिन नसकेकोमा निर्लज्ज छु । आजै साँझ ५बजेको फ्लाइटबाट म बेलायत फर्कदै छु ।

सक्छौ भने मलाइ माफ गर !

उही हुन नसकेको तिम्रो जीवन साथी ।

राइसर !

पत्र पढ्दै गर्दा आखाँबाट आँशुका भेल बगे सानुको । बिगतमा आफुले पाएको मानसिक याताना र उसकोकारक सामुन्ने आएर माफी मागेको देख्दा आफ्नो प्रेम चोखो र सच्चा भएको महसुस गरी । अनायासैचिच्च्याई “राईसर” म भेट्न आउदै छु । पर्खनुस् मलाई ।

व्यग्रताका साथ ट्याक्सीमा रोहनलाई लिएर एयरपोर्ट तिर हुइकीइ । पल भरमा नै रोहन र सानु एयरपोर्टपुगे ।

यात्रुहरु खचाखच गन्तब्य तताई रहेका थिए । कुरुवा आफन्तको भीडबाटै सानुले पुन: चिच्च्याई ,राईसर ! राई सर !!

तिखो स्वरको सानुको चिच्च्यावटले प्रति ध्वनि हुँदै हल गुन्जायमान भयो । बोर्डिंग पासका लागि लाइनलागेका राइसरको कानमा जव सानुको बोलावट ठोकियो । ऊ फरक्क फर्कियो । पारदर्शी सिसा भित्रबाट व्यग्रताका साथ बोलाइ रहेकी सानु र रोहनलाई देख्यो र बिदाइको हात हल्लायो ।

नेपथ्या भित्रबाट आफूले केही समय अगाडी देखेको आकृतिले हात हल्लाई रहेको देख्दा मन भारी बनाउदैसानुले पनि बिदाइका हात हल्लाई , मन मनै भन्दै थिइ, शुभ यात्रा राईसर ! शुभयात्रा । साथमा रहेको रोहन पनि उत्साहित हुँदै आमालाई साथ दिदै भन्दै थियो । “यु हायब नाइस ट्राभल अंकल ! लगत्तै नरोकिएको सानुको आखाँबाट बहेको आँशुको मुल्य जब रोहनले बुझ्यो । अनि मुर्मुरिदै भन्न थाल्यो ” आइ हेट यू मिस्टर राई , यू नेभर माइ ड्याड । आइ एम सोयोर , म भोली रोहन राइको नाम बाट हैन, रोहन दराईको नामबाट नागरिकता लिदैछु । दराई “बा” ले हिजो नै वडा कार्यलयबाट नागरिकताको लागि सिफारिस ल्याईदिनु भा’को छ ।

दीपक पन्त

मिल्वाकी ,अमेरिका

प्रतिक्रिया