अमेरिकामा अर्काको कामबारे बाठो भएर सोध्ने चलन किन हुदैन

विजय थापा २०७८ माघ ८ गते २१:०६ मा प्रकाशित

अमेरिकामा नेपाल जस्तो भेट्ने बित्तिकै तपाई के काम गर्नु हुन्छ ? कहाँ काम गर्नु हुन्छ ? आदी इत्यादी सोध्ने चलन हुदैन । अमेरिका आएका नेपालीहरु बीच पनि त्यस्तो गर्ने चलन हुदैन । अर्काको कामबारे बाठो भएर सोध्ने चलन हुदैन । कसैले फलाना यस्तो काम गर्छ भन्ने चलन पनि नेपाली समाजमा हुन्छ । कसै कसैले म फलाना काम गर्छु पनि भन्छन ।

तर अमेरिका भर्खर आएका र अझ पनि सोध्न फरक नपर्ला भनि सोध्ने नेपालीहरुको कमी भने छैन । अमेरिकामा गाठो पर्ने कुरा भनेको अर्काको कामको बारेमा सोध्ने प्रचलन त्यति हुदैन त्यसमा पनि बिदेशीहरु सँग हामी सावधान हुनु पर्छ ।

अमेरिकामा गाठो पर्ने कुरा भनेको अर्काको कामको बारेमा सोध्ने प्रचलन त्यति हुदैन त्यसमा पनि बिदेशीहरु सँग हामी सावधान हुनु पर्छ  ।

उनीहरुले पनि सोध्दैनन । तर नसोध्ने भन्ने हैन । धेरै मित्रता भएमा सोध्न पनि सक्छन तर सामान्यतया सोधिदैन । अमेरिका आएका पहिलो पुस्ताका नेपालीहरुलाई उनीहरुले तिम्रो देशमा के काम गर्थ्यौ । कुन पेशामा थियौ भने तर्फ उनीहरु गहिरिएर सोध्ने गर्दैनन । र ,उनीहरु ज्यादा वर्तमानमा मात्र ज्यादा सोधपुछ गर्ने गर्छन । त्यो पनि न्युनतम सोध्ने गर्छन ।

तर यदि भन्दैमा यही सत्य हो भन्ने चाही हैन । अमेरिकामा प्राय काम गर्ने स्थानमा आफैले बाठो भएर घुम्ती संख्या(मोबाइल न ),घरको ठेगाना ,बुवाआमा ,पतिपत्नीको बारेमा पनि सोध्ने चलन हुदैन । हामीले यस बारेमा नयाँ आगन्तुकहरुलाई जानकारी गराउनु पर्छ ।

काममा बोल्यो र मिल्यो भन्दैमा आफूले उनीहरुका परिवार ,घर ठेगाना आदी इत्यादी बिषयमा नजादा नै राम्रो हुन्छ । नेपालीहरु भन्दा उनीहरु धेरै निजी जीवन यापन गरि रहेका पनि हुन् सक्छन । अमेरिकामा उनीहरुका जीवन हामी नेपालीहरुको भन्दा अलिक फरक जीवन शैली हुन्छ । हत्तपत्त कुराहरु फ़ुस्काउदैनन । र उनीहरु पनि हाम्रो बारे र पेशा बारेमा गहिरिदैनन ।

अमेरिका आएका नेपाली समुदाय लगभग सबै हात मुख जोर्न काम (इलम) गर्छन l अर्थात् काम गर्छन l इलम भनेको काम तथा कार्य /पेशा भन्ने लाई अर्थ्याउदछ l अमेरिकामा इलम नगरी बसेको मानिसहरु दुर्लभ देखिन्छन् ।

अमेरिकामा जो पनि काम गरेको देखिन्छ l भागदौड र भागभागको अवस्था छ l काम ,काम र काम मै अडेको छ ,अमेरिका l अमेरिकाले पाखुरी चलाउ ,परिश्रम गर र जीवन बनाऊ भन्ने मात्र गर्छ l इलम नगरी धरै हुदैन ।

जति सुकै जे भनेता पनि सपनाको मुलुक अथवा अवसरको भूमि अमेरिका हामी धन कमाउन आएका हौ l सम्वृद्धिको लागि पलायन भएका हौ र उज्जवल भबिष्यको लागि बसाई सराई गरेका हौ । आफ्ना सन्तानका लागि देश छोडेका हौ l अमेरिका सत प्रतिसत काम गर्न कै लागि आईने र आईएकोले इलम सबैले गर्दछन l

सम्वृद्धिको लागि पलायन भएका हौ र उज्जवल भबिष्यको लागि बसाई सराई गरेका हौ ।

फलाना काम गर्छु भन्दा सानो हुइदैन तर संकुचित विचारधाराबाट ग्रसित र बिश्वकै शक्तिशाली रास्ट्रमा गएर पनि सानु काम गर्छ भनि खिल्ली उडाउने जमात र समाज पनि भएकोले कामबारे नेपालीहरुले पनि सबैकुरा खोल्दैनन र सोध्दैनन् ।अमेरिकामा अर्काको काम बारे र कामको प्रवृति के हो ? आदि सोधिने काम गरिन्छ भने यसलाई अस्वाभाविक मानिन्छ l अमेरिकामा बिदेशीहरुले इलम बारेमा धेरै चासो राख्दैनन् l र उनीहरुले एक दुइ शब्द सोधे पछि गहिरिएर सोध्ने गर्दैनन l तर हामी नेपाली नेपालको जस्तो सोच्दछौ l काम बारे नेपालमा प्रहरीले अपराधीलाई ३ पुस्ते सोधे झै सोध्ने पनि गर्दछौ l र ,आफ्ना नजिकका आफन्त ,साथीभाई ,ईस्टमित्रलाई सोध्ने पनि गरिन्छ l

बिदेशीहरुले फलाना इलम गर्छु भने पनि बिस्तृत बताउदैन l फलाना ठाउँमा काम गर्छु भन्ने चलन छ l यो इलम गर्छु भन्ने गरे पनि पुरा ओकल्दैनन l अमेरिकामा आएका नेपालीहरुले अहिले कसैलाई सिधै तपाई के काम गर्नु हुन्छ भनेर सोध्दैनन । नेपालीहरुले बिदेशीहरुबाट सिकेका छन् ।

फलाना ठाउँमा काम गर्छु भन्ने चलन छ l यो इलम गर्छु भन्ने गरे पनि पुरा ओकल्दैनन l

पछिल्लो समयमा अहिलेका पिढीले इलम बारे भन्न हिच किचाउदैन l नेपाली समुदाय बाक्लिदै गएकोले इलम बारे एक अर्कामा थाहा हुने पनि हुन्छ l कामको प्रवृति बारे अझ पनि गोप्य नै राख्ने गरेका हुन्छन l

तर अब परिस्थिति परिवर्तन भै सकेको छ l आफ्नो काम बारे खुल्लम खुल्ला भन्ने पनि समुदाय छन् l तर अझ पनि इलम बारे यहाँका मानिसले धेरै केरकार गर्दैनन् ।

अमेरिकामा आउने चाहना राख्ने जो कोहीले पनि यस्ता कुराको ज्ञान राखे नराम्रो भने केही हुदैन ।

काम बारे खोतल्ने ,होच्याउने र आफू होच्चिने भएकोले यस्तो अवस्थाको सृजना नहोस भन्नको लागि झुटोको सहारा लिन कसैलाई नपरोस l अझ पनि अमेरिकामा इलम बारे सबै कुरा सोध्ने लाई अस्वाभाविक ठानिन्छ l

अमेरिकामा इलम गर्नु नै ठुलो ईज्जत हुन्छ l फलानो काम गर्छु भनि जवाफ दिंदा केही बिग्रिदैन तर अर्काको कामबारे बाठो भएर सोध्ने चलन नै नगरौ ।

—————————————अस्तु

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया