पल र सुनिलको सहकार्यमा तयार भयो ‘को होला त्यो २’ को फिमेल भर्सन

इनेप्लिज २०७८ माघ ८ गते १:१८ मा प्रकाशित


काठमाडौँ ।लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत को होला त्यो २ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक भएको छ।गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द,संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुगंको स्वर रहेको छ।गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ।पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमीकाले आँफुले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झानामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले गज्जबसँग प्रस्तुत गरेका छन्।

नयाँ – नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायांकन गर्दै बजारमा ल्याइरहेका गायक गिरीले ‘तिमी आउँछौ की’मा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए । भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका हुन् भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया