स्मृतिमा कृष्ण प्रकाश दाइ

गोविन्द प्रसाद गौतम २०७८ माघ ८ गते ०:५८ मा प्रकाशित

 

सन् १९८३–१९८४ तिरको कुरा हो त्यो समय म काठमाडौमा इन्जिनियारिंग अध्ययन सस्थान पुल्चोकमा अध्ययनरत थिए । पुल्चोक क्याम्पस टप गर्न सके शोभियत संघमा छात्रवृत्ति इन्जिनियर पढ्न पाइन्छ भन्ने सुनेको थिए । हुन पनि रसिया त्यतिबेला संसारको अति शक्तिशाली, समाजबादी अनि कम्युनिस्ट शासन प्रणाली भएको देश थियो । मेरा लागि पनि कता कता मनको एक कुनामा रसिया सपनाको देश बनेर बस्न पुग्यो । फलत मस्को र शोभियतसँग सम्बन्धित सबै कुरा मेरो लागि बिशेष रोचक हुन्थ्यो । म जतिबेला पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसको विद्यार्थी थिए त्यतीबेला क्याम्पस प्राङ्गणमा संसारमा रहेका साम्यवादी र पुँजीवादी देशहरुका बारेमा बहस चल्दथ्यो । एक प्रकारले भन्ने हो भने त्यसबेला यो क्याम्पस राजनीतिक बहस गर्ने अखडा पनि थियो । धेरैजसो झैँ झगडा अनि बन्द, हडताल हुने गर्दथ्यो । केहि दिन बिदा हडताल हुँदा म जन्म गाउँ पर्बत फलेवास जाने गर्थे । घरमा बुवाले सधैँजसो रेडियो बजाई रहनु हुन्थ्यो । बुबालाई एउटा स्टेशनमात्र मन पर्दैनथ्यो । कुन कुन रेडियोको स्टेशन के के आउछ भनेर सारिरहँदा मैले झ्वाट्ट यो रेडियो मस्को हो भन्ने सुने । बेलुकी पखको समय थियो । आफूले मस्को जाने सपना सजाएको हुँदा त्यसको बारेमा सुन्दा मन फुरुङ्ग भयो । अहो ! मस्कोमा बसेर नेपाली रेडियो सञ्चालन गर्ने को होला भन्ने लाग्थ्यो । त्यो बेला नाम थाहा नभए पनि पछि बुझ्दै जाँदा परदेशमा नेपाली साहित्यका चम्किला तारा उनै श्री कृष्णप्रसाद श्रेष्ठको सुमधुर आवाज मेरा कानले पहिलोपटक सुनेको रहेछ । उहाँको त्यो कर्णप्रिय आवाजको गुन्जन अहिले सम्झना गर्दै गर्दा ताजा स्मरण हुन्छ । समय बित्दै गयो । सन् १९८७ मा छात्रवृत्तिमा हाइड्रो पावर इन्जिनियरिङ्ग पढ्ने अवसर पाएर म शोभियत संघको सेन्ट पेटेरस्बुर्गमा अध्ययनका लागि गए । अध्ययन सकेर नेपाल नफर्कि म मस्कोमा नै काम गर्न थाले । त्यहा रहँदा बस्दा पहिलोपटक नेपाली राजदुतावासमा कृष्ण प्रकाश श्रेष्ठसँग मेरो परिचय भयो ।

रसियास्थित नेपाली राजदुतावासमा विभिन्न अवसर पारेर कार्यक्रम हुने गर्दथ्यो । त्यसरी हुने कार्यक्रममा एकजना अग्रज र चिरपरिचत व्यक्तित्व हुनुको साथै रसिया भाषाको अनुवादक समेत रहनु भएको हुँदा कृष्ण प्रकाश प्रायः कार्यक्रममा आमंन्त्रित हुनुहुन्थ्यो । त्यसरी भएका एकाध कार्यक्रममा मेरो पनि उपस्थिति रहेको थियो । सुरुमा उहाँलाई टाढाबाट देखेको थिए तर बोल्ने र परिचय हुने मौका मिलेको थिएन । पछिल्ला दिनमा त्यस्ता कार्यक्रम हुँदाका बखत मेरो पनि आवत जावत बढ्दै गयो । पटकपटकको उपस्थितिपछि भने उँहासँग सामान्य परिचय हुने मौका मिल्यो । यद्यपि मनभरीका कुरा गर्ने र विभिन्न खालका जिज्ञसा राख्ने मौका भने मिलेको थिएन । हुन पनि उमेरले हेर्दा अभिभावक सरह हुनुको साथै उहाँको रसियन श्रीमती भएको हुँदा कार्यक्रम बाहेक अन्य अवसरमा खासै भेट हुने मौका मिल्दैन्थ्यो । उहाँ धेरै पुरानो मान्छे र बरिष्ठ साहित्यकार हुनुहुन्छ भन्ने लगायतका धेरै कुरा सुनिसकेको थिए । मेरो भने भित्रैदेखि उँहासँग आत्मीयता साट्दै रसियामा बसोबास गर्ने नेपाली भाषिले रेडियोबाट नेपाली भाषाको कार्यक्रम चलाएको, त्यो कार्यक्रम आफुले नेपालमा रहदा नै सुनेको र गरेको अनुभव सुनाउन आतुर थिए । तैपनि त्यो खालको अनुकुल वातावरण जुर्न सेकेको थिएन ।

सन् २००३ मा ‘गैर आवसीय नेपाली संघ’(एनआरएनए) को स्थापना भयो ।जसले विश्वका विभिन्न क्षेत्रमा (देशमा) रहेका नेपालीहरुलाई एक ठाउँमा जोड्ने काम गर्यो । त्यो आफैमा महत्वपूर्ण र प्रशङ्सा गर्न लायक काम त छदै थियो । त्यसमाथि रसियामा रहेका र एक आपसमा परिचित हुने अवसर नपाएका नेपालीहरुलाई पनि परिचित गराउने काम गर्यो । यद्यपि गैर आवासिय नेपाली संघको स्थापना हुनुभन्दा पहिले रसियामा ‘नेपाल रसिया उद्योग बाणिज्य महासंघ’ भन्ने संस्था थियो । त्यसै संस्थाले आयोजना गरेको एक कार्यक्रममा हामी दुबैजनाको उपस्थिति रहेको भए पनि त्यसअघि भएको परिचयलाई रिनो गर्नुका साथै सामान्य कुराकानी बाहेक अन्य कुरा हुन पाएन । यद्यपि उँहासँग मनैदेखि कुरा गर्ने हुटहुटी भने बाँकी नै थियो । एनआरएनएको स्थापनापछि त्यसले साङ्गठनीक गतिविधिलाई शसक्त रुपमा अगाडि बढाउन थाल्यो । विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एउट्टै छातामुनी ल्याउने उद्देश्यका साथ गठन भएको यो संस्थाले सबैको ध्यान खिच्न सफल भयो । संस्थाले आयोजना गर्ने कार्यक्रममा उपस्थिति बाक्लीदै गयो । आत्मीयता बढ्दै गयो । त्यसपछि भने उँहासँग बारम्बार भेटघाट हुने र लामो समय भलाकुसारी हुन थाल्यो । यद्यपि त्यति बेलासम्म पनि नजिकबाट उँहाको आनीबानि बुझने मौका चाही खासै मिलेको थिएन । समय आएपछि सबै कुरा जानिन्छ भने जस्तै परिस्थिति यस्तो बन्यो की रसियामा गठन भएको अन्तर्राष्ट्रिय साहित्य समाज (रसिया) को म आफु सदस्य भए भने उँहा संस्थाको सल्लाहाकार हुनुभयो । आखिर समय नै बलवान हुन्छ भन्ने कुरा यहा आएर प्रमाणित भयो । समयक्रममा उँहा र म एउट्टै संस्थामा जिम्मेवारी वहन गर्ने अवस्था पुग्यौ । फलतः हाम्रो निकटता बढ्दै गयो । पर्वतको गाउँमा सुनेको त्यो यो मस्को रेडियो हो भनेदेखि नेपाली भाषासाहित्यका बारेमा सुनाउने मौका मात्र मिलेन की धेरै जिज्ञासा मटाउन पनि पाए । इन्जिनियर फिल्डको मान्छे भएको हुँदा मैले साहित्यमा फड्को मार्न सकेको थिइन तर पनि साहित्यप्रति सार्है रुची थियो । मेरो साहित्यप्रतिको रुचीदेखर उहाँ पनि प्रभावित हुनु भयो । अनि त त्यसअघिको भाइचाराको सम्वन्ध झाङ्गिदै गएर साहित्यिक सम्बन्धमा पनि विस्तरीत हुन पुग्यो । मेरो साहित्यप्रति रहेको रुचीलाई सम्मान गर्दे साहित्यिक सस्थामा आबद्ध बनाएर साहित्यिक सिर्जना गर्न उत्प्रेरित गर्नुभयो ।

सन १९१३ मा रसियामा विश्व नेपाली साहित्य महासंघको स्थापना भयो । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष डा.मधु माधुर्यले रसियाको नेतृत्व गर्न आग्रह गर्दै मलाई त्यो जिम्मेवारी सुम्पिनु भयो । फलतः म विश्व नेपाली साहित्य महासंघ रसियाको अध्यक्ष हुनपुगे । त्यसपछिका दिनमा साहित्यमा रुची राख्ने नयाँ पुराना स्रष्टाहरुसँग सम्वन्ध बढ्दै गयो । आफ्नो जिम्मेवारीमा आएको कामलाई अगाडि बढाउने क्रममा साहित्यका धरोहर कृष्ण प्रकाश दाइलाई सस्थाको बरीष्ठ सल्लाहाकारमा चयन गर्दे गतिविधिलाई अघि बढाउन थाल्यौ । यो संस्थाले कुनै पनि साहित्यिक गतिविधि गर्नु अघि उहाँसँग सल्लाहा गरेर मात्र गरियो । भौतिक रुपमा उपस्थित हुन नसक्ने अवस्थामा पनि पुस्तक प्रकाशन गर्ने र साहित्यिक कार्यक्रम गर्ने बारे फोन वार्तालाप गरेरै भए पनि सुझाव र सल्लाह लिने गरेका थियौ । संस्थालाई अघि बढाउने कुरामा कसरी काम गर्दा राम्रो हुन्छ भन्ने कुरामा सल्लाह दिने कुरामा कहिल्यै झर्को मान्नु भएन । व्यक्तिगत रुपमा नै भन्नु पर्दा पनि मैले लेखेका मुक्तकहरू ईमेलमार्फत उँहालाई पठाउथे । कुनै झर्को नमानी सम्पादन गरी पठाइ दिनु हुन्थ्यो ।



सहिष्णु कोमल भावना,नेपाल भक्त र पुरा जीवन साहित्यमा ब्यतित गरेका ब्यक्तित्वसँग मेरो अगाढ सम्वन्ध गासिदै गयो।कुनै बेला परिचयसम्म भए पनि गर्न पाए हुन्थ्यो भन्ने व्यक्तित्वसँग काम र व्यवहारले एकै ठाउँमा ल्याइ पुर्याएको थियो । साहित्यिक विषयमा सम्बाद हुने कुरा त छदै थियो । त्यस बाहेक पारिवारीक दुःख सुखका बारेमा पनि कुराकानी हुन्थे ।पछिल्लो समय विश्वलाई आतङ्कित पारेका कोभिड १९ महामारीले पु¥याउन सक्ने क्षति, नेपालमा पर्ने प्रभाव आदि जस्ता कुराका साथै एक अर्काले पाएसम्मका जानकारीहरु आदान प्रदान हुन्थे । कोभिडको मारमा परेको रसिया लामो समयसम्म बन्दाबन्दीको अवस्थामा रह्यो । विदेशी भुमीमा जति रमाए पनि आफु जन्मेको ठाउँ र आफ्ना परिवार घरिघरि आँखाको वरीपरी घुम्न थालेपछि स्वदेश फर्किन आतुर थिए । हुन पनि लकडाउन अलि खुकुलो भएपछी म स्वदेश आए । जहा रहे पनि जता गए पनि इन्टरनेटको सुविधाले साथीसंगीहरुसँग कुराकानी भएकै थियो । रसियामा हुँदा हरेक दिनजसो कुराकानी हुने कृष्णदाईसँग नेपाल आएपछि सम्पर्क हुन सकेन । लामो समयसम्म अनलाइनमा नदेखेपछि उहाँकी भतिजीलाई काठमाडौं फोन गर्दा बिरामी हुनुभएको खवर सुन्नु प¥यो । उपचारका क्रममा रहनु भएको हुँदा छिट्टै निको होला भनि आशावादी भई रहेको थिए । तर विश्वलाई नै आतङ्कित बनाएको कोभिड १९ले उहाँलाई पनि लिएरै गयो । नियतीको अगाडि कसको के लाग्दो रहेछ र । आदरणीय कृष्णदाई तपाईले नेपाली भाषा र साहित्यको विकास गर्ने कुरामा पु¥याउनु भएको योगदानलाई कहिल्यै बिर्सने छैन । ‘गोविन्द जी अब तपाइले पनि साहित्यिक कृतिहरू निकाल्नु पर्छ लेख्दै जानु होस’ भनेर दिनु भएको सुझाव आज पनि मेरा कानमा गुन्जी रहेका छन । मेरो लागि आदर्श बनेर रहेका छन । कृष्णदाई तपाईको आत्माले शान्ति पाओस तपाईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

-गोविन्द प्रसाद गौतम

प्रतिक्रिया