गाउँकाे मिटिङमा एक्कासि हल्लाखल्ला सुरु भयाे । केही महिना अगाडि मात्र वडा अध्यक्षकाे जिम्मेवारी सम्हालेकाे हर्के निकै आक्राेशित देखिन्थ्याे ।
पानीबिना छटपटाएका गाउँलेहरूलाई राहतस्वरुप गाउँ पालिकाले बजेट दिएर खानेपानीकाे आयाेजना निर्माण कार्य हुँदै थियाे । अचानक साे स्थानमा गाउँ पालिकाबाट उपाध्यक्ष र इन्जिनियर आएर अनुगमन गरेका थिए । साे घटनाकाे भाेलि पल्ट हर्केले आकस्मिक वडा भेला गराएकाे थियाे ।
मैले आफ्नाे व्यस्तताले गर्दा आयाेजनालाई समय दिन सकिन । त्यसैले माथिल्लाे तहबाट हस्तक्षेप गर्न आएर आफूलाई तल पारिएकाे र आफूभन्दा सिनियर (गाउँ पालिकाका उपाध्यक्ष) ले टाउकाे उठाउन दिएनन् भन्दै वडा अध्यक्षकाे पदबाट राजिनामा काे घाेषणा गर्यो ।
साेझा गाउँलेहरू केही नबाेली चुपचाप टुलुटुलु हर्केकाे आक्राेश हेरिरहेका थिए । केही गाउँले खासखुस गर्दै थिए , “देश बनाउँछु भनेर हिँडेकाे हर्केकाे कति सानाे चित्त रहेछ । देशकाे लागी जीवन अर्पण गर्छु भन्दै राजनीतिमा हाेमिएकाे मान्छे केही महिना पनि टिक्न सकेन। आखिर सबैजना नामका भोका त रहेछन् नि ।”
ताराप्रसाद चापागाई
धुनिबेसी ।
प्रतिक्रिया