एनआरएनएमा अब राजनैतिक दबाब कम हुने – राम शरण सिमखडा

बाबा राजेश्वरी थापा भिएना,अष्ट्रिया  २०७८ माघ ६ गते २:३४ मा प्रकाशित
गत हप्ता बसेको आइसिसिको ८१ औ बैठकले  गैर आवासीय नेपाली संघ भित्र देखिएको प्रतिनिधि छनौट विवादको समाधान खोज्न एउटा उच्च स्तरिय समिती गठन गरेको छ।उक्त सात सदस्यीय  उच्च स्तरीय समितिको संयोजन प्रमुख संरक्षक शेष घलेले गर्दैछन्।संसारभर  झन्डै ८० भन्दा माथि छरिएर रहेका प्रतिनिधिहरुलाई यो समितिले समस्याको समाधान गर्छ भन्ने विश्वाश छैन तर आगामी महाधिवेशनमा सचिव पदको उम्मेदवारको रुप मैदानमा उत्रिनु भएका तथा एनआरएन युकेका वर्तमान आइसिसि सदस्य राम शरण सिमखडा  यो समिति गठनबाट आफु आशावादी रहेको व्यक्त गर्नु भयो।

NP1NEWS Channel को फेसबुक प्रत्यक्ष प्रशारणको अन्तर्वार्तामा सिमखडाले भन्नु भयो , ८१ औ बैठक द्वारा पारित सहमति अनुशार यो समितिले  सिर्फ प्रतिनिधि छनौटमा विवाद छ भनिएको  केहि तोकिएका देशहरुमा साच्चै  प्रक्रिया नपुगेको हो या होइन भन्ने छानविन गरी प्रतिवेदन अध्यक्षलाई  जनवरी २६ तारिक सम्म दिनेछ र वर्तमान् निवाचन आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने छ।

विगतका महाधिवेशनहरु देखिएका निर्वाचन प्रक्रिया र २०१९ अक्टोबरमा हायत होटेल काण्डमा  देखिएका विकृतिलाइ सुद्धिकरण गर्न वर्तमान अध्यक्ष कुमार पन्तले पहिलो निर्वाचित acceptance speech मा प्रतिनिधिहरुले घरमै बसी आधुनिक विधुतीय प्रविधि उपभोग गर्दै आफ्नै घरमा बसी भोटिंग गर्न पाउने सुविधा उपलब्ध गराउने प्रतिबद्धतालाई स्वीकारोक्ति गर्दै विशेष अधिवेशनले संश्रोधन गरी पारित विधानले प्रतिनिधि छनौट प्रक्रिया लाई स्पष्ट सम्बोधन गरेको तर अंक गणितीय हिसाब निर्वाचन प्रक्रियामा सहभागी हुँदा आफु विजयी नहुने त्रासले अनावाशक बहाना खोजी निर्वाचन प्रक्रिया लम्बाइएको देखिन्छ।

केहि पदाधिकारीहरु नेपाल को राजनैतिक दल प्रतिनिधि रहेको उहाहरु नै राजनैतिक दल का नेताहरुका  घर दैलो मा पुगी गैर आवासीय नेपाली संघ माथी  अनावाश्यक दवाब दिन बाध्य तुल्याएको तर अहिले राजनैतिक दल का नेताहरु लाइ समेत यथार्थ स्थिति को जानकारी भैसकेकोले अब नेपालका राजनैतिक दल हरुको दवाब कम हुनेमा आफु विश्वस्त रहेको जिकिर सचिव पद का उम्मेदवार राम शरण सिमखडाले कुराकानीको क्रममा बताउनु भयो।

अन्तर्वार्ता https://www.facebook.com/Np1news/videos/3084076825179000 मा हेर्न सकिनेछ।

बाबा राजेश्वरी थापा
भिएना,अष्ट्रिया

प्रतिक्रिया