राजसंस्था कायम हुने समय आयोःज्यो.सुवेदी

इनेप्लिज २०७८ माघ ५ गते २०:३५ मा प्रकाशित

ज्योतिषी भन्छन् राजसंस्था कायम हुने समय आयो तर राजावादीहरूले यी कुरामा ध्यान दिनुपर्छ राजसंस्था कायम हुने बेला यही हो तर….ज्यो.सुवेदी
काठमाडौं।नेपालमा पुनःराजसंस्था कायम हुने समय आएको ज्योतिषी दीपक सुवेदीले बताएका छन्।बेलाबेलामा सफल राजनीतिक भविष्यवाणी गर्दै आएका सुवेदीले फोरकास्ट टेलिभिजन युट्युबमा एक भविष्यवाणी गर्दै सो कुरा बताएको भिडियो प्राप्त भएको छ।

ज्यो.सुवेदीका अनुसार राजनीतिक परिवर्तनसँग सम्बन्धित विशेष महत्त्वपूर्ण जस्तै संविधान घोषणा आदिको ग्रह कमजोर परेको र राजसंस्थाका प्रतिनिधिहरूको ग्रह अनुकूल परेको हुनाले राजसंस्था कायम हुने उनको दाबी छ । उनी भन्छन् राजसंस्था कायम हुने समय चाही आयो तर भाग्यमा छ भन्दैमा चाल्नोमा दुध अडिदैन।भाग्य भएर मात्रै हुन्न त्यसलाई कर्मयोग गरेर प्राप्त गर्नुपर्छ।राजसंस्था कायम हुने यो मौकालाई राजावादीहरूले समयमै बुझेर उपयुक्त कदम उठाउन जरुरी हुन्छ अन्यथा समय फुत्केपछि पछुतो मात्र हुनसक्ने छ।

समय समयमा विभिन्न खालका राजनीतिक लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय भविष्यवाणी गरी चर्चामा आउने गरेका सुवेदीको भविष्यवाणी ज्योतिषविज्ञानसँग तथ्यपरक हुने अनुमान गरिन्छ।जब जब उनले भविष्यवाणी गरेर राजनीतिक उथलपुथलको संकेत गर्छन त्यस्तै त्यस्तै पर्दै गएको पनि देखिन्छ।उनले यसै वर्षको वार्षिक भविष्यफल गर्दै यो वर्ष राजनीतिक उलटपुलट हुन्छ भनेर भनेका थिए नभन्दै लगभग दुईतिहाही बहुमतको ओली सरकार ढल्यो।सरकारमात्रै ढलेन कि नेकपा नै तीन कित्तामा विभाजित भयो।जुन कुरा सामान्यतया राजनीतिक अनुमानभन्दा पर हो,तर ज्योतिष विज्ञानको माध्यमबाट त्यस्ता संभावित घटनाक्रमलाई ज्यो.सुवेदीले देख्दै र बताउँदै आएका हुन्।

राजसंस्था कायम हुने बारेमा उनले गरेको भविष्यवाणी भिडियोमा जस्ताको तस्तै हेर्नसकिन्छ

प्रतिक्रिया