मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक

इनेप्लिज २०७८ माघ ५ गते १२:१३ मा प्रकाशित

काठमाण्डौं।नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगितको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ पुःन झुल्केका छन।

उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए लासहरु ढल्दा भए, घोप्टो परेर काँचो रगत शासकहरुले पिउँदा भए” लगायतका उनका सृजनाहरु विगतमा निकै चर्चामा थिए । प्रेम र रोमान्सलाई गीतमा गायक प्रसाईले सुन्दर ढंगबाट ब्यक्त गरेका छन । मनिष स्यमको शब्द तथा संगीत गीतमा रहेको छ ।आफनी प्रेमीकालाई जिवनमा पाउनको लागी निकै सधर्ष गरेको कुरा गीतमा गायक ले गरेका छन । “मनै त हो” गीतको भिडियोमा रमेशजंग कुँवरको निर्देशन,मनिष प्रसाईको सम्पादन  रहेको छ। रमेशजंग कुँवर,दिपेन पाण्डे र सविना घिमिरेकोे “मनै त हो” गीतको भिडियोमा जिवनन्त र आकर्षक अभिनय रहेको देख्न सकिन्छ।

“मनै त हो”  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया