वृद्धवृद्धाहरुका लागि दिर्घजीवन सचेतना तथा सम्मान कार्यक्रम प्रारम्भ

इनेप्लिज २०७८ माघ ४ गते १२:१८ मा प्रकाशित

विराटनगर ४ माघ । वैश्य सेवा परिषद नेपाल विराटनगर द्वारा आयोजित तथा विराटनगर महानगरपालिकाको सहयोगार्थमा वडा नं. ९ मा वृद्धवृद्धाहरुका लागि दिर्घजीवन सचेतना तथा सम्मान कार्यक्रम ५ दिने प्रारम्भ गरिएको छ । कार्यक्रम स्थानिय शितलधर्मशालामा प्रारम्भ गरिएको कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ९ का अध्यक्ष एवं समाज सेवी विश्वनाथ भगतले पानसमा बत्तिबाली कार्यक्रमको समुदघाटन गरेको थियो । सो कार्यक्रममा अतिथिहरुमा डाक्टर आरे.के. शाह, प्रशिक्षक जय प्रकाश महतो, पत्रकार दिनेश शाह, दलितनेता हिरालाल सेन्चुरी, राप्रपा क्षेत्रीय अध्यक्ष रतन तामाङ समेत रहनु भएका थिए ।

उक्त कार्यक्रम परिषदका अध्यक्ष रामकिशुन साहको सभापतित्वमा प्रारम्भ गरिएको थियो । कार्यक्रममा वृद्धवृद्धाहरुलाई दीर्घजीवनका लागि अपनाउनु पर्ने विधि र वर्तमान अवस्थामा फैलिएको महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड–१९) बाट बच्ने उपायहरुको बारेमा प्रशिक्षकहरुले प्रकाश पार्ने कुरा संस्थाका महामन्त्री त्रिलोकी भगतले बताएका छन् ।

सो कार्यक्रममा प्रशिक्षकहरु क्रमश राजनितिज्ञ जयप्रकाश महतो, राजनितिज्ञ एवं पत्रकार दिनेश शाह, डा. आर.के. शाह (वरिष्ठ फिजिसियन), दलित नेता हिरालाल सिंचुरी समेतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया