माटो परीक्षण शिविर

इनेप्लिज २०७८ माघ ३ गते २२:३५ मा प्रकाशित

विराटनगर,३ माघ।उत्पादन वृद्धि गर्न र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना,परियोजना कार्यान्वयन इकाई मोरङको माटो परीक्षण शिविर सञ्चालन गरेको छ।

किसानले दिनप्रतिदिन आवश्यकता भन्दा बढी रासायनिक मलको प्रयोग गर्न थालेपछि माटो उर्वराशक्त्ति कम भई माटोमा अमलियपन बढी देखिन थालेपछि सो शिविर सञ्चालनमा ल्याएको हो।

प्रदेशभरिमा जम्मा दुई वटा मात्र सुनसरीको झुम्का र मोरङको उर्लाबारी रहेका माटो परीक्षण ल्यावलाई परियोजनाले किसानको घर दैलोमा लगि सेवा शुरु गरेको छ।

माटो परीक्षण ल्यावबाट भइसकेपछि माटो चाहिने कृषि चुन, नाइट्रोजन, फसफोरस,म्याग्नेसिय र सल्फर जस्ता तत्व मिसिसको मल प्रयोग गर्न किसानलाई जानकारी दिने र यसबाट किसानको खेत सन्तुलनमा आई उत्पादन बढ्ने र लागत घट्ने परियोजनाका प्रमुख विनोदकुमार मण्डलले जानकारी दिनुभयो।

मोरङको जहदा गाउँपालिका सञ्चालित तरकारी जोनमा आवद्ध किसानहरुलाई लक्षित गरी आज सञ्चालन गरेको माटो परीक्षण शिविरमा सुनसरी झुम्काबाट प्राविधिक सहित ल्याव पुगेको थियो भने त्यहाँ ६० जना किसानको माटो परीक्षण गरेको थियो।यो ल्यावको विषयमा हामी धेरै पहिले देखि आवाज उठाएको भएपनि आज हाम्रो घरदैलोमा शिविर आएकोमा तरकारी जोन समितिका संयोजक शिवनाथ सिंहले जानकारी दिनुभयो।अर्का किसान देवानन्द साहले तरकारीका लागि प्रमुख क्षेत्र मानिएको जहदामा किसानहरुको तरकारी सङ्कलन केन्द्र बत्रुपर्ने र किसानलाई समयमै मदखादको व्यवस्था हुनु पर्ने माग गर्नुभयो।

जहदा गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन घिमिरेले यस क्षेत्रका किसानहरुको प्रमुख बाली तरकारी रहेको जनाउँदै किसानको तरकारीलाई बजारसम्म लैजाने व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा किसानको सहभागितामा शीतगृह निर्माण हुनु पर्ने भन्दै गाउँपालिकाले किसानका लागि प्रयाप्त कार्यक्रम ल्याउन नसक्नुका कारण स्थानीय जनप्रतिनिधि नै हो भत्रुभयो।

तरकारी जोनमा अहिले २८ जना कृषक सहभागी रहेको र प्रत्येक किसानले कम्तिमा तीन विगाहा र बढीमा पाँच विगाहा जग्गामा तरकारी खेती गर्ने गरेको बताइएको छ।

प्रतिक्रिया