लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मोरङमा समानान्तर समिति

इनेप्लिज २०७८ माघ ३ गते १२:२१ मा प्रकाशित


विराटनगर,३ माघ । लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रुपमा गठन भएको छ।

समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन शुरु गरेको जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ठाकुरले विधान विपरीत एकलौटी रुपमा मोहम्मद कादिरको संयोजक समिति गठन गरेकोमा विरोध गरेका छन।

प्रदेश उपाध्यक्ष कामेश्वर रौनियारले वहुमत सदस्यहरुको भेलाबाट इनामुल हक अन्सारीको संयोजकत्वमा गठन गरिएको ३१ सदस्यीय मोरङ कार्य समितिलाई मान्यता दिनुपर्ने माग गर्दै दवाव मूलक कार्य गर्ने बताउनु भयो।

उहाँले पार्टीलाई तहसनहस पार्न र मोरङमा रहेको संगठन विस्तारमा अवरोध सिर्जना गर्न केन्द्रले उक्त्त निर्णय गरेको आरोप समेत लगाउनु भयो।

संयोजक अन्सारीले गएको पुस २४ गते केन्द्रीय सदस्य,प्रदेश सदस्य लगायत १२५ जना अगुवा कार्यकर्ताहरुको भेलाले विधान अनुसार आफूलाई संयोजक घोषणा गरेमामा त्यसलाई केन्द्रले मान्यता दिनु पर्ने जोड दिनु भयो।

पत्रकार सम्मेलनमा मङगलबार पार्टी कार्यालय स्थापना गरी संगठन विस्तार कार्यमा लाग्ने उहाँले जानकारी दिनु भयो

प्रतिक्रिया