हे दैव ! श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु, काका, साथी र स्थानीय बाट खुल्यो यस्तो रहस्य (भिडियो सहित)

इनेप्लिज २०७८ माघ ३ गते ११:२३ मा प्रकाशित


पथरीशनिशचरे । मोरङको पथरीशनिश्चरेकी एक युवतीको आफ्नै श्रीमानको कुटाइबाट ज्यान गएको छ ।

मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले प्लाष्टिकको पाइपले कुटेर श्रीमती १९ वर्षीया पूजा विकको हत्या गरेका हुन् । मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले गत पुस ३० गते पत्नीमाथि कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । पूजाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

गम्भीर अवस्थामा अस्पताल भर्ना गरिए पनि उपचार हुन नसकेपछि फर्काएर घर लैजाँदै गर्दा शनिबार साँझ बाटैमा पूजाको मृत्यु भएको डीएसपी मुकारुङले बताए । पत्नीको हत्यामा संलग्न जयलाई पक्राउ गरिसकिएको र उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तैगरी मृतक बिकका आफन्तहरुले आइतबार लास ल्याई पथरीशनिश्चरेको सुनझोडा खोलामा सतगद गरिसकेका छन् । अत्यन्तै नाजुक मृतककी आफन्तजहरुले दोषी माथि कडा कारवाहीको माग गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=42q9sZO6dnQ&t=1s

प्रतिक्रिया