येदीन र अनुपको ‘पन्चेबाजा बजाउँदै’मा सुधिर र करिश्माको रोमान्स

इनेप्लिज २०७८ माघ ३ गते ११:१२ मा प्रकाशित

काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार येदीन गजमेरको शब्द तथा संगीत सृजना रहेको छ । विबाहको माहोल सुरु भए लगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आँफु विश्वस्त रहेको गीतकार तथा संगीतकार येदीन बताउँछन् ।

गीतमा पछिल्लो पुस्ताका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र करिश्मा ढकालको बेजोड अभिनय देख्न सकिन्छ । पञ्चे बाजाको भिडियोमा सुधिर र करिश्मा गज्जबसँग खुलेका छन् । भिडियो हेर्दा लाग्छकी सुधिर र करिश्मा साँच्चिकै बेहुला बेहुली हुन् भन्ने ।

काठमाडौँको कोकर्ण नगरपालिकाको उत्तरबाहीनी मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन् । पुष्कर सुनुवारको एरेन्ज रहेको गीतमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । जुनी गजमेरले निर्माण गरेको भिडियो रिदिन इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको हो ।

प्रतिक्रिया