‘भूकम्पीय सचेतना सुरक्षित संरचना’

इनेप्लिज २०७८ माघ २ गते १३:४५ मा प्रकाशित

विराटनगर, २ माघ ।‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ प्रमुख नाराकासाथ २४ औँ राष्ट्रिय भूकम्प दिवस आज यहाँ सम्पत्र भएको छ।

गएको वर्षमा ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा,साझा सहकार्यमा जनधनको रक्षा’ तथा २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ प्रमुख नारा रहेको थियो ।

भूकम्पको कम्पन चाल पाउनासाथ घुँडा टेकी गुडुल्की ओत लागि समात्ने, सिनेमाहल, मल,डिपार्टमेन्टल स्टोर वा प्रदर्शनी हल जस्ता ठाउँमा हुनुहुन्छ भने त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भने बमोजिम गर्नु हुन, यदि भुइँतलाको मूल ढोका नजिकै हुनुहुन्छ भने छिटो र सुरक्षित निकास मार्ग प्रयोग गरी बाहिर निस्कनु पर्ने, सकेसम्म सानो वा साँघुरो गल्ली प्रयोग नगर्ने, सवारी साधन चलाउँदाको अवस्थामा बायाँतर्फ मोडी पार्क गर्नु पर्ने, निषेधित क्षेत्र, अग्ला भवन, अग्ला रुख, पुल आदि छल्नु पर्ने, नआतिकन असुरक्षित व्यवहार, झ्यालबाट हाम फाल्ने काम नगर्न, बाहिर निस्कनु अघि यथासम्भव आगोका श्रोतहरु ग्यास चुलो, अगेनो, हिटर आदि बन्द गर्नु पर्ने, कम्पन रोकिएपछि मात्रझटपट झोलालिएर बाहिर निस्कनु पर्ने, हल्लाको पछि लाग्न नहुने र सही एवं भरपर्दो सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्नु पर्ने चेतनामूलक सन्देश यस अवसरमा दिइएको छ ।

सङ्घीय आयोजना कार्यान्वय इकाई मोरङद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित सो आयोजनाका प्रमुख सुरेन्द्रकुमार साहले भूकम्पले गर्ने असरका विविध पक्षमा चर्चा गर्नुभएको थियो भने इन्जिनियर अशोककुमार रामले भूकम्पबाट बच्न र बचाउने उपायहरुका बारेमा चर्चा गर्नुभएको थियो।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कुनै पनि प्रविधिले रोक्न नसकिने भूकम्प प्राकृतिक कारण हो भन्दै यसबाट जनधनको क्षति हुन नदिन भूकम्प प्रतिरोधात्मक संरचनाहरु बनाउनु पर्ने सुझाव दिनुभयो।उहाँले निर्माण संरचनामा प्रयोग हुने सामानको गुणस्तरमा कुनै कमी हुन नदिन आमनागरिक सचेत हुनु पर्ने भन्दै भौतिक संरचनाहरुमा काम गर्ने मजदुर र प्राविधिकहरुलाई पनि तालिम दिनुपर्ने कुरामा जोड दिनुभयो।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाका सभापति सुवोधकुमार सिंहले भूकम्प जस्तो डरलाग्दो प्राकृतिक विपद्बाट बच्न मानिसले समयमै सचेत एवं सजग हुनु पर्ने धारणा राख्नुभयो।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका सभापति सञ्जीव खनालले व्यापक जनधनको क्षति गर्ने भूकम्प जस्ता प्रलयबाट जोगिन ग्रामीण क्षेत्रमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।

वि.स.१९९० मा आएको महाभूकम्पले धेरै जनधनको क्षति गरेको र २०७२ साल वैशाख १२ गते ७.८ म्याग्नुचुडको आएको विनाशकारी भूकम्पले नेपालमा नौ हजार मानिसको ज्यान गएको,२२ हजार मानिस धाइते भएको,आठ लाख घरहरु ध्वस्त भएको,पाच हजार विद्यालयहरुमा क्षति पुगेको र करिव १० विलियन अमेरिकी डल बराबरको धनसम्पति क्षति भएको थियो।

आगलागी,हावाहुरी,बताँस,भूकम्प,बाढी,पहिरो,चट्याङ जस्ता विपद्बाट मानिसको ज्यान र सम्पति नष्ट हुने भएकोले अव निर्माण गरिने भवनहरु भवन आचार संहिता अनुसार बन्नु पर्ने प्राविधिकहरुको भनाई छ उहाँहरुले बलियो संरचनाबाट नै मानिसको ज्यान बचाउन सकिने भएकोले यसतर्फ सबैको ध्यान जानु पर्ने कुरामा जोड दिनुभयो।उहाँहरुले भूकम्प आफैमा विनाशकारी नभएर मानिसले बनाएको संरचनाबाट विनाश हुने भएकोले आफू सुरक्षित हुन बलियो संरचना बत्रु आवश्कय रहेको कुरामा जोड दिनुभएको थियो।

कार्यक्रम पछि सशस्त्र प्रहरीका एक टोलीले जिल्ला प्रशासन कार्यालयको परिसरमा भूकम्पको समयमा गरिने उद्धार कार्यको प्रस्तुति गरेको थियो।

 

प्रतिक्रिया